दुई सिम प्रयोग गर्न मिल्ने एप्पलको आइफोन यहि वर्ष आउने

  • Technology Khabar | १६ श्रावण २०७५, बुधबार

काठमाडौं ।

काठमाडौं । एप्पलको आइफोन प्रयोगकर्ताहरुले दुई वटा सिम प्रयोग गर्नुपर्यो भने निकै समस्या भोग्ने गर्दछन् । आइफोनमा एउटा सिम मात्र प्रयोग गर्न सकिने हुँदा अधिकांशले अर्को फोन बोक्नुपर्ने बाध्यता हुन्छ भने कतिपयले त्यसैको लागि एन्ड्रोयड फोनहरु प्रयोग गर्दछन् ।

विश्वभर अधिकांश मोबाइल उत्पादकहरुले दुई सिम प्रयोग गर्न सक्ने अप्सन ल्याईसकेको भएपनि आइफोन भने त्यसमा अपवाद रहँदै आएको छ । तर अब भने एप्पलले पनि दोस्रो सिम प्रयोग गर्न दिने सुविधा आइफोन थप गर्ने भएको छ ।

कम्पनीले यहि वर्षदेखि नै आइफोनमा दुई सिम थप गर्ने तयारीमा रहेको छ, जुन यो वर्ष सार्वजनिक हुने तीन आइफोनहरुमध्ये एउटामा यस्तो फीचर हुनेछ ।

हालै कम्पनीले सार्वजनिक गरेको आइओएस १२ को डेभलपर बेटा ५ भर्सनमा ड्यूल सिम अप्सनको कोड देखिएको हो । यो भर्सन अहिलेसम्म परिक्षणको क्रममा छ ।

आइओएस सफ्टवेयरमा सेकेण्ड सिम स्ट्याटस र सेकेण्ड सिम ट्रे स्ट्याटस को कोड देखिएको हो । यसको आधारमा कम्पनीले दुई सिम भएको आइफोनको लागि तयारी गरिरहेको भन्ने विश्लेषकहरुको अनुमान छ ।

यसअघि आइफोनमा दुई सिम आउने वा ई सिम आउने भन्ने चर्चा भईरहँदा कम्पनीले सन् २०१८ को अन्त्यमा सार्वजनिक गर्ने तीन आइफोन मोडलमध्ये सबैभन्दा महंगोमा यो सुविधा दिनसक्नेछ । यस्तो मोडल सिमित बजारमा मात्र उपलब्ध हुनसक्ने संभावना पनि रहेको छ ।

यस्तो ड्यूल सिम भएको आइफोन विशेषगरि यूरोप र एशियाली मुलुकमा प्रयोग हुनसक्ने र सिम क्यारियरको अप्सन प्रयोग गर्न सकिनेछ ।

एटलसकाअनुसार सन् २०१७ मा ड्यूल सिम डिभाइसहरु नाइजेरिया, ब्राजिल र ईजिप्टमा निकै लोकप्रिय छ भने अमेरिका, क्यानाडा र अष्ट्रेलियामा यूजरका लागि यस्तो सुविधा अनौठो हुन्छ ।

त्यसैगरि आइफोनको होमपडमा पनि नयाँ फीचर जोडिने भएको छ । कम्पनीले त्यसको लागि आईओएस १२ बेटा भर्सन सार्वजनिक गरेको छ । होमपडबाट अब सिधै फोन कल गर्न सकिने अप्सन राखिने छ । यसमा तपाईले होमपड प्रयोग गरेर फोन गर्न चाहनुभएमा तपाईँको आइफोनमा डायल वा जवाफ दिनुपर्नेछ र त्यसपछि अडियो आउटपुटका लागि स्पीकरलाई छनौट गर्नुपर्नेछ ।

माध्यम

प्रकाशित: १६ श्रावण २०७५, बुधबार

तपाइको प्रतिक्रिया