ह्वाट्सएपमा ग्रुप भिडियो कलिंगको सुविधा उपलब्ध, यसरी प्रयोग गर्न सकिने

  • Technology Khabar | १५ श्रावण २०७५, मंगलवार

काठमाडौं ।

काठमाडौं । मेसेजिंग एप ह्वाट्सएपले एन्ड्रोयड र आईओएस यूजर्स दुबैका लागि ग्रुप भ्वाइस कल तथा भिडियो कल फीचर सार्वजनिक गरेको छ । यसअघि गत वर्ष अक्टोबरमा देखिएको यो फीचर फेसबुकको एफ८ डेभलपर कन्फ्रेन्समा औपचारिक जानकारी दिईएको थियो ।
अब भने भिडियो कलिंग तथा ग्रुप भ्वाइस कल यूजर्सका लागि उपलब्ध रहेको छ ।

ग्रुप कलमा एक साथ चारजना यूजर्सहरुले भ्वाइस कल वा भिडियो कल गर्न सक्नेछन् । ह्वाट्सएपका अनुसार लगभग २०० करोड मिनेट यूजर्सले ह्वाट्सएप कलमा खर्च गर्ने गर्दछन् ।

सन् २०१६ मा ह्वाट्सएपले भिडियो कल शुरु गरेको थियो जून वान-टू-वान कुराकानीका लागि मात्र प्रयोग गर्न सकिन्थ्यो, अब भने एकै पटक ४ जनासँग कुरा गर्न सकिन्छ ।

ह्वाट्सएपकाअनुसार यो भिडियो कल फीचर स्लो इन्टरनेट नेटवर्कमा पनि काम गर्नेछ भने हरेक कल एण्ड-टू-एण्ड एनक्रीप्टेड हुनेछ । यसको डाटा सर्भरमा संकलन नहुने बताईएको छ ।

यो फीचर प्रयोग गर्नका लागि यूजरले ह्वाट्सएपको नयाँ भर्सनको एप डाउनलोड गर्नुपर्ने हुन्छ वा एपलाई अपडेट गर्नुपर्ने हुन्छ ।

यसरी गर्नुहोस प्रयोग

ह्वाट्सएप ग्रुप कलका लागि कुनैपनि कन्ट्याक्टका साथ भिडियो वा भ्वाइस कल गर्नुहोस् । कलमा शुरु हुने बित्तिकै स्क्रीनमा माथिल्लो भागको दायाँ एउटा आइकन आउनेछ जसको मद्धतबाट कलमा कुनै अन्य सहभागिहरुलाई जोड्न सकिन्छ । दोस्रो यूजरको कलमा जोडिने बित्तिकै माथि दायाँ भागमा नयाँ सहभागिको नाम देखिनेछ । यसरी नै तेस्रो यूजरलाई पनि एकै पटक कलमा जोड्न सकिनेछ ।

प्रकाशित: १५ श्रावण २०७५, मंगलवार

तपाइको प्रतिक्रिया