एप्पलले आफ्नो एप स्टोर अपडेट गर्यो, अब बोलेर नै एप खोज्न सकिने

  • Technology Khabar | १३ श्रावण २०७५, आईतवार
एप्पलले आफ्नो एप स्टोर अपडेट गर्यो, अब बोलेर नै एप खोज्न सकिने

काठमाडौं ।

काठमाडौं । यदि तपाईँ एप्पलको आइफोन प्रयोगकर्ता हुनुहुन्छ भने अब तपाईँले बोलेर नै मनपर्ने एप्स एप स्टोरबाट खोज्न सक्नुहुनेछ ।

एप्पलले हालै आफ्नो एप स्टोर भर्सन ५.१ मा अपडेट गर्दै स्टोरमा भ्वाइस सपोर्ट तथा सर्च इन्जिन इन्टरफेसमा सुधार गरेको छ, जून एप स्टोर र आइट्यून्स स्टोर जस्तो छ । यसले ट्रेन्डिंग भईरहेको सर्चलाई हाइलाइट गर्नेछ । यो अपडेट यूजर्सलाई सर्चन गर्न टाइप गर्नको साटो सर्च बारका साथमा राखिएको माइक्रोफोन आइकनमा ट्याप गरेर त्यसमा बोलेर निर्देशन दिनसक्ने बनाएको छ ।

यसका साथै यसमा सर्च रिजल्टस पेजलाई पनि संसोधन गरिएकोछ, जसमा एक नयाँ कार्डमा आधारित इन्टरफेस छ, जसले परिणामहरुलाई सहि रुपमा देखाउनेछ ।

यस बाहेक एप्पलले आईओएसका लागि आफ्नो विश्वभरका डेभलपर्स सम्मेलन एपलाई पनि अपडेट गरेको छ । जसमा बग हटाउने तथा सुधारिएको प्रदर्शनको प्रतिबद्धता गरिएको छ । एप्पलले यसको अपडेट नोटमा लेखेको छ, यो अपडेटमा एक्सेसिबिलिटी, स्थिरता तथा भिडियो डाउनलोडसहित कयौं क्षेत्रमा बग फिक्स तथा सुधार गरिएको छ ।

प्रकाशित: १३ श्रावण २०७५, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार