
काठमाडौं ।
काठमाडौं । ग्लोबल आइएमई बैंकले मोवाईल बैंकिङ्ग सेवा ‘ग्लोबल स्मार्ट’ लाई अत्याधुनिक प्रबिधिमा आधारित थुपै बिशेषताहरु थपगरि नयाँ रुपमा ल्याएको छ ।
ग्राहकहरुलाई अत्याधुनिक प्रविधियुक्त सेवा प्रदान गर्नका लागि बैंकले साउन ११ गते शुक्रबारका दिनदेखि आफ्नो मोवाईल बैंकिङ्ग सेवा ”ग्लोबल स्मार्ट” लाई परिमार्जन गरेको हो जानकारी दिएको छ। बैंककाअनुसार अद्यावधिक गरिएको मोबाइल बैंकिङ्ग कारोबारको सहजताको लागि व्यक्तिगत क्यूआर कोडको माध्यमबाट रकमान्तर तथा रकम भुक्तानी गर्न सकिने छ।
यसका साथै सो सेवामा प्रयोगकर्ताको औँठाछापमार्फत लगइन तथा कारोबार गर्न मिल्ने सुरक्षा प्रणाली समेत अपनाइएको छ । बैंकको नयाँ ग्लोबल स्मार्ट सुबिधा अन्तरगत ग्राहक स्वयंले बैंकमा नगइकन आफैँ सो सेवा सुचारु गर्न सक्ने (सेल्फ रजिष्ट्रेशन) सुबिधाको साथमा आफ्नो खाताको स्टेटमेन्ट ग्राफिकल रुपमा हेर्न सकिने बताईएको छ।
त्यसैगरि फोनपे को नेटवर्कमा रहेका बिभिन्न मर्चेन्टहरुको रकम भुक्तानी गर्न मिल्ने बिशेषता थप गरिएको छ । थप गरिएका अन्य विशेषताहरुमा अकाउन्ट ड्यासबोर्ड र क्यालेण्डर इन्ट्रिगेशन सुबिधा पनि रहेको छ ।
यसअघि पनि ग्राहकले ग्लोबल स्मार्ट मार्फत आफ्नो खातामा रहेको रकम हेर्न, स्टेटमेन्ट हेर्न, ग्लोबल आइएमई बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्न, क्रेडिट कार्डको शूल्क तिर्न, बैंकको ब्याजको किस्ता तिर्न, मोबाइल रिचार्ज गर्ने तथा आफ्नो नजिकमा रहेको शाखा तथा एटिएम पत्ता लगाउन, आफु रहेको स्थानको लोकेशन म्याप हेर्न र बैंकको सेवा सुबिधा तथा अन्य सम्पूर्ण जानकारी लिन सक्ने सुबिधा रहेको थियो।
यो सेवामार्फत ग्लोबल आइएमई बैंकका ग्राहकहरुले मात्र नभएर बैंकमा खाता नभएका व्यक्तिले पनि बैंकका शाखा, एटिएम तथा अन्य सेवाहरुको जानकारी लिन सक्नेछन् । ग्लोबल आइएमई बैंकले स्मार्ट प्रविधिमा आधारित मोबाईल बैंकिङ्ग सेवा ”ग्लोबल स्मार्ट” २०७२ सालदेखि नेपालमा पहिलोपटक सुरु गरेको थियो।
प्रकाशित: ११ श्रावण २०७५, शुक्रबार