ह्वावेका स्मार्टफोनहरु कालोसूचीमा, ‘भीडियो मिडिया प्लेयर’ डाउनलोड गर्न नपाईने

  • Technology Khabar | ११ श्रावण २०७५, शुक्रबार
ह्वावेका स्मार्टफोनहरु कालोसूचीमा, ‘भीडियो मिडिया प्लेयर’ डाउनलोड गर्न नपाईने

काठमाडौं ।

काठमाडौं । ह्वावेका स्मार्टफोनहरु विश्वभर उपलब्ध र लोकप्रिय हुँदै गएका छन् तर ती स्मार्टफोनहरुमा अबदेखि तपाईँले भीएलसी मिडिया प्लेयर भने चलाउन पाउनुहुनेछैन् ।

हो यो सत्य हो एप विकासकर्ताहरुले ह्वावे फोनलाई कालोसूचीमा राखेको घोषणा गरेका छन् । उनीहरुले ह्वावे फोनहरुमा भीएलसी मिडिया प्लेयर ब्याकग्राउण्ड प्ले भईरहेको बेलामा अनावश्यकरुपमा ह्वावे फोनले त्यसलाई बन्द गर्ने वा रोक्न प्रवृद्धिका कारण यस्तो गरिएको जानकारी दिएका छन् ।

भिडियो हेर्नका लागि एन्ड्रोयड फोन यूजर्सका बिचमा भीएलसी मिडिया प्लेयर निकै लोकप्रिय रहेको छ । तर अबदेखि तपाईँले भीडियोएलएएन(भीडियो मिडिया प्लेयर) ह्वावेका फोनहरुमा प्रयोग गर्न र डाउनलोड गर्न पाउनुहुनेछैन् ।

डेभलपरहरुले यसलाई गूगल प्ले स्टोरबाट ह्वावे नयाँ फोनहरुमा डाउनलोडमा प्रतिबन्ध गरेका हुन् । अब ह्वावे मोबाइल प्रयोगकर्ताहरुले प्ले स्टोरमा भीडियो एलएएनको भीएलसी मिडिया प्लेयर सर्चमा पाउने छैनन् ।

अहिलेसम्म ह्वावे फोनहरुमा भीएलसी मिडिया प्लेयरले किन कमजोर बनाईएको थियो भनेर ह्वावे प्रयोगकर्ताहरुलाई थाहा थिएन जसको कारण उनीहरुले सो एपलाई वन स्टार रेटिंग दिँदै आएको भीडियो एलएएनको भनाई छ।

माध्यम

प्रकाशित: ११ श्रावण २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार