Technology Khabar १० श्रावण २०७५, बिहीबार
काठमाडौं ।
काठमाडौं । चिनियाँ फोन उत्पादक कम्पनी हुवावेले नेपाली बजारमा नोभा सिरिजअन्तर्गतका नोभा थ्री (Nova 3) तथा नोभा थ्री आई (Nova 3i) सार्वजनिक गर्दैछ। कम्पनीले शुक्रबार एक कार्यक्रम गरेर नयाँ फोन बजारमा ल्याउन लागेको हो।
यी स्मार्टफोनमा एउटा अल क्वाड क्यामरा तथा शक्तिशाली प्रणाली (एसओसी) जडान गरिएको छ।
नोभा थ्री तथा नोभा थ्री आईमा उच्च क्षमताका क्यामराहरू जडान गरिनुका साथै आर्टिफिसियल इन्टेलिजन्स (एआई) प्रणाली जडित छ।
दुवै फोनहरुमा दुईवटा फ्रन्ट क्यामराहरु छन्। २४ एमपी प्राइमरी क्यामरा तथा २ एमपीको सेकेण्डरी क्यामरा जडित छ।
नोभा थ्रीमा २४ एमपीको मोनोक्रम तथा दुईवटा एफ १.८ वाइड एपेर्चर ६ पी लेन्सहरूसहितको १६ एमपी आरजीबी सेन्सर जडान गरिएको छ। यो विशेषताले अँध्यारो वा कम उज्यालो ठाउँमा राम्रा तस्वीर खिच्ने कम्पनीको दावी छ।
थ्री आईको रियर क्यामरामा १६ एमपीको प्राइमरी सेन्सर तथा २ एमपीको सेकेण्डरी सेन्सर राखिएको छ।
६.३ ईन्च एफएचडी प्लस २३४०x१०८० रिजोल्यूसन १९.५:९ को फूल भ्यू डिस्प्ले राखिएको फोनमा आइरिस ब्लू कलरको प्रयोग गरिएको छ।
दुवै फोनहरू ग्लास प्यानलले ढाकिएको छ। नोभा थ्रीमा किरिन ९७० एसओसी जडान गरिएको छ भने नोभा थ्री आई किरिन ७१० एसओसी राखिएको कम्पनीले जनाएको छ ।
दुई फोनहरुमध्ये नोभा थ्री आईलाई कम्पनीले निकै महत्व दिएको छ । यो फोन नेपाली ग्राहकहरुले मन पराउने र बजारमा ससक्त प्रतिस्पर्धि फोनको रुपमा रहने कम्पनीको अनुमान छ।
यो फोनले हाल बजारमा भएका सामसंग, वान प्लस, एमआई र ओपोलाई कडा टक्कर दिने अनुमान गरिएकोछ ।
नोभा थ्री आईमा ४ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज रहेको छ भने नोभा ३ मा र ६ जीबी र्याम तथा ६४ जीबी आन्तरिक स्टोरेज रहेको छ ।
नोभा थ्री आईमा ४ जीबी र्याम ६ जीबी र्याम तथा १२८ जीबी आन्तरिक स्टोरेज रहेको छ भने नोभा ३ मा र ६ जीबी र्याम तथा ६४ जीबी आन्तरिक स्टोरेज रहेको छ ।
कति होला मूल्य
चीनमा नोभा ३ आईको मूल्य ४ जीबी र्याम तथा १२८ जीबी आन्तरिक स्टोरेजको मूल्य १,९९९ चिनियाँ यूआन तोकिएको छ भने ६ जीबी र्याम मोडलको मूल्य २,१९९ यूआन तोकिएको छ ।
छिमेकी देश भारतमा पनि बिहिबार ह्वावे नोभा ३ तथा नोभा ३ आई सार्वजनिक भएको छ। जहाँ नोभा ३ आईको मूल्य २०,९९० भारुदेखि शुरु हुनेछ भने नोभा ३ को मूल्य ३४,९९९ भारु तोकिएको छ ।
नेपाली बजारमा मोबाइल फोनको मूल्य अन्तराष्ट्रिय बजार भन्दा फरक पर्नेछ । अझ चालु आर्थिक वर्षदेखि मोबाइल फोनमा आयातमा दिँदै आएको भ्याट फिर्ता नीति सरकारले खारेज गरेपछि मोबाइल फोन अझ महंगो हुनेछ ।
नेपाली बजारमा कम्पनीले नोभा ३ आईको मूल्य करिब ४३ हजार रुपैयाँको हाराहारीमा तोक्नेछ भने अर्को फोन ५० हजार माथि मूल्य तोकिने अनुमान गरिएको छ ।
प्रकाशित: १० श्रावण २०७५, बिहीबार