सिटिजन्सद्वारा महानगरीय प्रहरी परिसर ललितपुरलाई आर्थिक सहयोग

  • Technology Khabar | ८ श्रावण २०७५, मंगलवार
सिटिजन्सद्वारा महानगरीय प्रहरी परिसर ललितपुरलाई आर्थिक सहयोग

काठमाडौं ।

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मिति साउन ७ गते महानगरीय प्रहरी परिसर, ललितपुरलाई ७ लाख २० हजार रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको छ ।

महानगरीय प्रहरी परिसर, ललितपुरमा आयोजित एक कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले सात लाख बीस हजारको चेक महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गणेश बहादुर ऐरलाई हस्तान्तरण गरे ।

प्रत्येक महिनाको पहिलो हप्ता Best  Police  of  the  Month, Lalitpur कार्यक्रम संचालनका निम्ति सिटिजन्स बैंकले हरेक महिना तीन विधामा (अपराध अनुसन्धान तथा कारबाही, प्रहरी परिचालन तथा शान्ति सुरक्षा व्यवस्थापन र जनमैत्री सामाजिक सचेतनामुलक कार्यक्रम) पुरस्कृत हुने १।१ जना प्रहरी कर्मचारीलाई जनही बीस हजार रुपैयाँको दरले एक वर्षका निम्ति सात लाख बीस हजार मात्र) प्रदान गरेको बैंकले जनाएको छ ।

यसै कार्यक्रम अन्तर्गत असार महिनाको ३ उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई सोमबार एक कार्यक्रम बिच पुरस्कृत गरियो । पुरस्कृत हुने लाई बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले नगद पुरस्कार जनही २० हजार रूपियाँ र परिसर प्रमुख ऐरले प्रशंसा पत्र प्रदान गरे ।

प्रकाशित: ८ श्रावण २०७५, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...