
काठमाडौं ।
काठमाडौं । मेरो सुरक्षा प्रालिले स्मार्टफोनको सुरक्षाको लागि “मेरो सुरक्षा स्मार्टफोनको गर्छ रक्षा” नामक योजना सुरु गरेको छ ।
मेरो सुरक्षाका अनुसार जुनसुकै स्मार्टफोन ड्यामेज भएमा, हराएमा वा चोरी भएमा मोबाइलका प्रयोगकर्ताले प्रोटेक्शन प्लान अन्तरगत नयाँ मोबाइल पाउने छन् । साथै कम्पनीले हराएको सम्पूर्ण डाटा रीकभर गरी प्रयोगकर्तालाई नयाँ मोबाइल सेट उपलब्ध गराउने जनाएको छ।
कुनै कारणले मोबाइल चर्किएमा, आगो वा पानीले भौतिकरुपमा नोक्सान पुगेमा, मेरो सुरक्षाको योजनाअनुसार प्रयोगकर्ताले सबै डाटासहित मर्मत सम्भार तथा नयाँ मोबाइल पाउने मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवारले बताए।
‘स्मार्टफोन जुनसुकै कारणले पनि ड्यामेज हुनसक्छ, हराउन सक्छ। जसले गर्दा प्रयोगकर्तालाई डाटाका साथै ठूलो नोक्सान हुनसक्छ। यसलाई ध्यानमा राखेर मेरो सुरक्षाले मोबाइल प्रोटेक्शन प्लान शुरु गरेको हो,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनवारले भने ।
यो सेवा पाउनका लागि भने सेवाग्राहीले आफ्नो मोबाइल भ्यालुको ५ प्रतिशत रकम वार्षिक रुपमा मेरो सुरक्षालाई भुक्तान गर्नुपर्ने हुन्छ।
प्रयोगकर्ताले गूगल प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट मेरो सुरक्षा नामको मोबाइल एप इन्स्टल गरी प्रोटेक्सन प्लान एक्टिभेट गर्नुपर्ने हुन्छ। प्लान एक्टिभेट गर्दा खल्ती, आई पेका साथै १५ वटा वाणिज्य बैंक र डोर-टू-डोर अप्सनबाट रकम भुक्तानी गर्न सकिने छ।
यसरी प्लान एक्टिभेट गरेका मोबाइल प्रयोगकर्ताको मोबाइल हराएमा वा बिग्रिएको दाबी गरेको ७ दिन भित्र अर्को नयाँ मोबाइल पाउने छन्। यो सेवा मोबाइल पसलहरुबाट पनि लिन सकिने मेरो सुरक्षाको प्रेस विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: १ श्रावण २०७५, मंगलवार