Technology Khabar १ श्रावण २०७५, मंगलवार
काठमाडौं ।
काठमाडौं । नबिल बैंकले एकैदिन १२ नयाँ शाखा स्थापना गरेको छ । सो शाखाहरु प्रदेश नं. ५, कर्णाली प्रदेश, प्रदेश नं ७ स्थित स्थानहरुमा रहेका छन ।
उद्घाटन कार्यक्रममा अर्थ मन्त्री डा.युवराज खतिवडाले बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्याल तथा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहको उपस्थितिमा स्थापना भएका १२ नयाँ गाँउपालिकाका शाखाहरुको इलेक्ट्रनिक उद्घाटन गरे ।
अर्थ मन्त्री डा.युवराज खतिवडाले समृद्ध नेपाल सुखी नेपालीका लागि वित्तिय समावेशिता, बैंकिग पहुंच तथा बैंकिग महत्वका बारे आफ्ना विचारहरु राखे ।
सेवा तथा सुबिधाहरु समाजका विभिन्न तह र तप्काका बढि भन्दा बढि ग्राहकहरुलाई उपलब्ध गराउने उद्देश्य अनुरुप देशका विभिन्न ठाउ“मा आफ्नो शाखा कार्यालयको संजाल बढाउदै लगिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए ।
नबिल बैंकले ७४ वटा शाखाहरुको बृहत सञ्जाल, ११५ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुकाद्धारा सेवा दिईरहेको जनाएको छ ।
प्रकाशित: १ श्रावण २०७५, मंगलवार