Technology Khabar १ श्रावण २०७५, मंगलवार
काठमाडौं ।
काठमाडौं । सरकारले नेपाल दूरसंचार प्राधिकरणको नयाँ अध्यक्ष र सदस्यको चयनको प्रकृया शुरु गरेको छ । सरकारको तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्रालयले दूरसंचार प्राधिकरणको नयाँ अध्यक्ष र सदस्यको चयनका लागि छनौट तथा सिफारिस समिती गठन गरेको छ ।
मन्त्रालयका सचिव महेन्द्र मान गुरुङ्गको संयजकत्वमा एक छनौट तथा सिफारिस समिती गठन गरेको छ, जसले नयाँ अध्यक्ष र सदस्यको खुला प्रतिस्पर्धामार्फत छनौट गर्नेछ ।
सो सिफारिस समितीको प्रस्ताव मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको भएपनि हालसम्म प्रमाणित भएर नआएको नाम उल्लेख नगर्दै मन्त्रालयका अधिकारीले जानकारी दिए ।
‘हामीले मन्त्रिपरिषदमा पठाएका हौं तर अहिलेसम्म प्रमाणित भएर आएको छैन्, पत्र आएपछि मात्रै समितीले आफ्नो प्रकृया शुरु गर्छ,’ उनले टेक्नोलोजी खबरसँग भने ।
मन्त्रालयले सचिवको संयोजकत्वमा ३ सदस्यिय समिती गठन गर्नेछ जसमा सचिव बाहेक एक जना मन्त्रालयलबाट नै सदस्य सचिव हुनेछन भने अर्को सदस्य विज्ञको रुपमा राखिनेछ।
सो समितीले दूरसंचार प्राधिकरणको नयाँ अध्यक्ष र कानून तर्फको सदस्यको लागि खुला प्रतिस्पर्धामार्फत सरकारलाई सिफारिस गर्नेछ । त्यस्तो सिफारिस गर्दा ३ जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ ।
सोहि सिफारिस भएको नामको आधारमा मन्त्रिपरिषदले नयाँ अध्यक्ष तथा सदस्य नियुक्ति गर्नेछ ।
यसअघि दूरसंचार प्राधिकरणको अध्यक्ष र काूनन तर्फका सदस्यको नियुक्ति राजनीतिक भएको भन्दै सरकारले पद मुक्त गरेको थियो भने तत्कालिन अध्यक्ष दिगम्बर झा सरकारको निर्णय बिरुद्ध अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले अन्तरिम आदेशमार्फत उनको पद थमौती गरेपनि उनले आफैंले सो मुद्धा फिर्ता लिएका थिए ।
त्यस्तै कानूनतर्फ नियुक्ति पाएका हेमकुमार श्रेष्ठको सदस्य पद पनि साथमा नै पदमुक्त भएको थियो ।
प्रकाशित: १ श्रावण २०७५, मंगलवार