Technology Khabar ३१ असार २०७५, आईतवार
काठमाडौं ।
काठमाडौं । छिमेकी मुलुक भारतका अति विशिष्ट व्यक्तिहरुको आईफोनमा ह्याकरले आक्रमण गरेको छ । भारतका १३ अतिविशिष्ट व्यक्तिहरुको आईफोनबाट विभिन्न डाटा चोरी गरिएको आशंका गरिएको हो ।
मिडियाहरुकाअनुसार यी व्यक्तिहरुको आईफोनबाट म्यासेज, ह्वाट्एप, च्याट लग, लोकेशन, नम्बरहरु र तस्वीरहरु चोरी गरिएको आशंका गरिएको छ । तर हालसम्म यी १३ व्यक्तिहरुको पहिचान भने गर्न सकिएको छैन् ।
कमर्शियल थ्रेट इन्टेलिजेन्स ग्रुप सिसको टालोज रिसर्चका अनुसन्धानकर्ताहरुका अनुसार एक उच्च टारगेटेड अट्याकको माध्यमबाट यी मानिसहरुको आईफोनलाई निशाना गरिएको हो । यसको लागि एउटा शंकास्पद एपको सहयोग लिईएको थियो ।
सिसको विशेषज्ञहरुले त्यस्तो ह्याकर भारतमा नै हुनसक्ने दाबी समेत गरेका छन्, तर ह्याकरले आफ्नो लोकेशन भने रुस देखाएको छ । यो पुरा ह्याकिंग प्रकृयामा ह्याकरले रुसी नााम र रुसको ईमेल डोमेनको प्रयोग गरेको छ भने यो कार्यलाई सम्पन्न गर्नका लागि दुईवटा व्यक्तिगत डिभाइसहरुमा भारतको भोडाफोन नेटवर्कको फोन नम्बरको प्रयोग गरिएको छ ।
टालोज इन्टेलिजेन्सको ब्लगमा विशेषज्ञहरुले आईफोनमा आक्रमण गर्नेहरुले एउटा ओपन सोर्स मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम तयार गरेको दाबी गरेका छन् । यसको सहयोगबाट १३ डिभाइसहरुमा पहुँच बनाईएको थियो । टालोज सेक्यूरिटीका टेक्निकल लीडर वारेन मर्सरले भने आक्रमणकारीले ह्वाट्सएप तथा टेलिग्रामजस्ता बैधानिक एप्समा अलग फीचर जोड्ने एक निश्चित प्रविधिको प्रयोग गरेको छ । त्यपछि १३ आईफोनहरुमा सो सिस्टमद्धारा पठाईएको छ ।
विशेषज्ञहरुकाअनुसार आईफोनबाट चोरिएको सूचनाहरु त्यसको मालिकहरुलाई ब्ल्याकमेल गर्न वा भ्रष्टाचारका लागि प्रयोग गर्न सकिनेछ ।
यो ह्याकिंग अपरेशन ३ वर्षदेखि चलिरहेको बताईएको छ ।
प्रकाशित: ३१ असार २०७५, आईतवार