
काठमाडौं ।
काठमाडौं । भर्खरै जारि भएको मौद्रिक नीतिको बुँदा नम्बर ९७ अन्तर्गत सहायक स्तरदेखि अधिकृत स्तर सम्मका कर्मचारीहरुलाई तालिम दिने प्रावाधान कार्यान्वयन गर्ने प्रथम बैंक नबिल बैंक भएको छ । नबिल बैंक र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई) बीच बिहिबार सो तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौताअनुसार नबिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि एनबीआईद्वारा संचालित अन्तर्र्रािष्ट्रय स्तरको जानबि कोर्समा ६०० जना कर्मचारीहरुलाई तालिम दिने व्यवस्था गरिएको छ ।
सम्झौतापत्रमा नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा बीच हस्ताक्षर भएको छ ।
प्रकाशित: २८ असार २०७५, बिहीबार