Technology Khabar २६ असार २०७५, मंगलवार
काठमाडौं ।
रसुवा । वर्षायाममा हुन सक्ने विपद् व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले रसुवा जिल्लामा हटलाइन टेलिफोन सेवा सञ्चालन गरिएको छ ।
प्राकृतिक प्रकोप वा आकस्मिक घटनामा आम नागरिकलाई तुरुन्तै खबर दिन हट लाइन टेलिफोन सेवा सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए।
जडान भएको ०१०५४००१९ नंको आपत्कालीन हटलाइन टेलिफोन चौबीसै घण्टा सञ्चालनमा आउने र विपद्का साथै शान्ति सुरक्षा, सरकारी कार्यालयको सेवा प्रवाह, स्थानीय तहले गरेका अनियमिततासम्बन्धी गुनासा सुन्ने र सो गुनासोको प्रतिक्रिया सम्बन्धित गुनासोकर्तालाई दिनेसमेतका कार्य उक्त हटलाइनबाट हुने व्यवस्था मिलाइएको उनले बताए ।
कुनै पनि घटनाको जानकारी लिन चाहने इच्छुक व्यक्तिलाई पाँच मिनेटमै हटलाइनबाट घटनाको विवरण उपलब्ध गराउने व्यवस्था पनि मिलाइएको बताइएको छ ।
प्रकाशित: २६ असार २०७५, मंगलवार