सावधानः तपाईँको फोनले तपाईँले गर्ने हरेक गतिबिधिको जासूसी गरिरहेको छ

Technology Khabar २४ असार २०७५, आईतवार

काठमाडौं ।

काठमाडौं । के तपाईँलाई थाहा छ तपाईँको एन्ड्रोयड फोनमा भएका केहि लोकप्रिय एपले तपाईँको जासूसी गरिरहेका छन् ? हो यी एपले तपाईँले स्मार्टफोनमा गर्ने व्यवहारको हरेक जानकारी राख्छन र यहाँ सम्मकी तपाईँको गतिबिधिको स्क्रीनसट लिएर तेस्रो पक्षलाई पठाउँछन् । यो जानकारी हालै गरिएको नयाँ अध्ययनबाट सार्वजनिक भएको हो ।

अनुसन्धानकर्ताहरुका अनुसार मोबाइलको स्क्रीनमा तपाईँको गतिबिधिहरुको यी स्क्रीनसटहरु तथा भिडियोमा तपाईँको यूजरनेम, पासवर्ड, क्रेडिट कार्डको नम्बर र अन्य महत्वपूर्ण जानकारीहरु सामिल छ ।

नर्थईस्टर्न यूनिभर्सिटीका अनुसन्धानकर्ताहरुले गरेको यो अध्ययनलाई बार्सिलोनामा हुने प्राइभेसी इनहान्सिंग टेक्नोलोजी सिम्पोसियममा प्रस्तुत गरिनेछ । अध्ययन अन्तर्गत, समूहले एन्ड्रोयड अपरेटिंग सिस्टममा विद्यार्थिहरुद्धारा लिखित एक स्वचालित परिक्षण कार्यक्रमको उपयायेग गरेर १७,००० भन्दा बढि सबैभन्दा महत्वपूर्ण एपहरुको विश्लेषण गरिएको थियो । अध्ययनकर्ताहरुले १० वटा एन्ड्रोयड फोनहरुमार्फत यो अध्ययन गरेका थिए ।

‘हामीले यो पायौं कि सबै एपसँग तपाईँको स्क्रीनलाई वा जे केहि पनि तपाईँले टाइप गर्नुहुन्छ, त्यसलाई रेकर्ड गर्ने क्षमता छ,’ बोस्टनको नर्थईस्टर्न यूनिभर्सिटीका प्राध्यापक डेभिड चोफनसले भने ।

यी १७,२६० एपहरुमध्ये ९,००० भन्दा बढि एपका साथमा स्क्रीनशट्स लिने क्षमता थियो ।

विश्वविद्यालयका प्राध्यापक क्रिस्टो विल्सनले भने, ‘अध्ययनमा कुनैपनि प्रकारको अडियो लीक पत्ता लागेन । एउटा पनि एपले माइक्रोफोनलाई सक्रिय बनाएनन्, उनले भने, त्यसपछि हामीले यस्तो विषय देख्यौं, जसको हामीले आशा गरेका थिएनौं । एपले आफ्सेआफ स्क्रीनशट्स लिईरहेका थिए र तेस्रो पक्षलाई पठाईरहेका थिए ।’

‘यसको उपयोग निश्चय पनि कुनै गलत उद्धेश्यका लागि गरिएको छ होला, इन्टल हुने र जानकारी संकलन गर्न निकै सजिलो छ । र जून सबैभन्दा खतरनाक हो, त्यो भनेको यसका लागि कुनै नोटिफिकेशन पठाउँदैन र उपयोगकर्ताहरुसँग कुनै अनुमति लिईँदैन्,’ विल्सनले भने ।

अध्ययनकर्ताहरुका अनुसार यो अध्ययन एन्ड्रोयड फोनमा मात्र गरिएको थियो, तर यसको कुनै विश्वास छैनकी अन्य अपरेटिंग सिस्टम पनि कम खतरनाक छन् ।

स्रोत

प्रकाशित: २४ असार २०७५, आईतवार

तपाइको प्रतिक्रिया