Technology Khabar २० असार २०७५, बुधबार
काठमाडौं ।
काठमाडौं । राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठानले ‘नबिल विज्ञान तथा प्रविधि पुरस्कार’ ४ जना वरिष्ठ अनुसन्धानकर्ताहरुलाई प्रदान गरेको छ । सो पुरस्कार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री तथा नास्टका सहकुलपति गिरीराज मणि पोखरेलले नास्टमा आयोजित पुरस्कार वितरण समारोहमा प्रदान गरे ।
सम्मानित ४ जना अनुसन्धानकर्ताहरु प्रा. डा. मुकेश कुमार चालिसे, प्रा. डा. रजनी मल्ल, डा. राम कुमार अधिकारी तथा प्रा. डा. अमर प्रसाद यादवलाई विज्ञान तथा प्रविधिको क्षेत्रमा उत्कृष्ट योगदान दिएबापत सो पुरस्कारबाट पुरस्कृत गरिएको हो।
पुरस्कारको राशि प्रति व्यक्ति वा संस्था १ लाख २५ हजार रुपैयाँ रहेको छ।
नास्टको उक्त समारोहमा जम्मा २३ अनुसन्धानकर्ताहरुलाई विभिन्न विधाहरुमा पुरस्कृत गरिएको थियो ।
प्रकाशित: २० असार २०७५, बुधबार