Technology Khabar २० असार २०७५, बुधबार
काठमाडौं ।
काठमाडौं । चार्जमा राखेको मोबाइल फोन पड्किएर दुई जनाको मृत्यु भएको छ । भारतको चेन्नईमा चार्जमा राखेको स्मार्टफोन पड्किएर दुई जनाको मृत्यु भएको हो ।
चार्जमा राखेको स्मार्टफोन पड्किँदा ९० वर्षका वृद्ध र उनको ६० वर्षकी छोरीको मृत्यु भएको छ । चेन्नईको ताम्बरम भन्ने स्थानमा भएको सो घट्नामा हबीब मोहम्मद र उनकी छोरी महरुमिशाको मृत्यु भएको हो ।
उनीहरुले स्थानिय बजारबाट एउटा पुरानो चार्जर खरिद गरेर सोहि चार्जरबाट स्मार्टफोन चार्ज गर्दा राती सो स्मार्टफोन पड्किएको हो ।
दुबै फलफुल बिक्रेता भएको बताईएको छ । रिपोर्टअनुसार दुबैले सकेटमा फोन चार्ज गरेर सुतेका थिए ।
ताम्बरम पुलिस स्टेशनकाअनुसार आगो लाग्नुको कारण स्मार्टफोनमा भएको बिस्फोट रहेको थियो । प्रहरीले स्मार्टफोन ओभरचार्ज गर्दा हुने खतराको बारेमा समेत चेतावनी जारी गरेको छ ।
प्रकाशित: २० असार २०७५, बुधबार