Technology Khabar २० असार २०७५, बुधबार
काठमाडौं ।
काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ अल्छेढुंगामा वाइफाइ पार्क निर्माण शुरु भएको छ । नगरपालिकाको क्रमागत योजनाअन्तर्गत सो वाइफाइ पार्क निर्माण शुरु गरिएको हो ।
पार्क निर्माणका लागि यस वर्ष दुई लाख ५० हजार रुपैयाँ खर्च गरिने नगर प्रमुख दीपनारायण रिजालले बताए ।
नगरपालिकाले नेपाल टेलिकमको सेवा प्रभावकारी बनाउन पहल गर्ने, विभिन्न ठाउँमा टावर निर्माण गर्नेलगायत योजना बनाएको छ । खार्मीको बाँझोबारी, जालपा र बुवालुङको खावाडाँडामा टेलिफोन टावर राख्ने योजना छ ।
सञ्चारमाध्यममा सबैको पहुँच पु¥याउने नीतिगत निर्णय गरिएको छ । नगरक्षेत्रभित्रका सबै विद्यालयमा इहाजिरी, बजारमा सिसिटिभी तथा प्रत्येक वडामा सफ्टवेर प्रविधिबाट कार्यसम्पादन भइरहेको बताईएको छ ।
प्रकाशित: २० असार २०७५, बुधबार