
काठमाडौं ।
काठमाडौं । सनराईज क्यापिटल लिमिटेडले स्थापनाको २५ वर्ष पूरा गरेको छ । रजत जयन्तीको अवसरमा कम्पनीले थप सेवाहरु प्रदान गर्ने क्रममा इन्भेष्टमेन्ट बैंकिग विभागको स्थापना गरी सो अन्तर्गत पोर्टफोलियो व्यवस्थापनको कार्य थालनी गरिएको जानकारी दिएको छ ।
देशमा पुँजी बजारको विकासका लागि मर्चेन्ट बैकिङ्ग सेवा प्र्रदान गर्ने मूख्य उद्देश्यका साथ पहिलो मर्चेन्ट बैकिङ्ग कम्पनीका रुपमा २०४९ सालमा “एन.आई.डि.सि क्यापिटल मार्केट्स लिमिटेड” को स्थापना भएको थियो ।
एन.आई.डि.सि क्यापिटल मार्केट्स लि.को सहायक कम्पनीको रुपमा २०६७ सालमा एन सि एम मर्चेन्ट बैकिग लिमिटेड स्थापना गरी आप्mनो सेवा प्रदान गर्दै आएकोमा एन.आई.डि.सि क्यापिटल मार्केट्स लाई सनराईज बैंकले प्राप्ती गरे पश्चात २०७४ जेठ १० गते एन.सि.एम.मर्चेण्ट बैंकिङ्ग लि. को नाम परिवर्तन गरी सन्राईज क्यापिटल लिमिटेडको नामबाट आफ्नो सेवालाई निरन्तरता प्रदान गर्दै आएको छ ।
आफ्नो २५ वर्षे कार्यकालमा कम्पनीले हालसम्म ८२ वटा प्राथमिक शेयर निष्कासन र ७७ कम्पनीको हकप्रद निष्कासन गर्नुको साथै ३२ वटा कम्पनीको शेयर प्रत्याभुति गरिसकेको छ । कम्पनीले ३४ वटा कम्पनीको शेयर रजिष्ट्रारको कार्य गरिसकेको मा हाल १२ वटा कम्पनीको शेयर रजिष्ट्रारको काम गरि आएको जनाएको छ ।
प्रकाशित: १९ असार २०७५, मंगलवार