पाटन कलेज फर प्रोफेसनल स्टडीजका विद्यार्थी दीक्षित

  • Technology Khabar | १९ असार २०७५, मंगलवार
पाटन कलेज फर प्रोफेसनल स्टडीजका विद्यार्थी दीक्षित

काठमाडौं ।

काठमाडौ । ललितपुरको कुपण्डोलस्थित पाटन कलेज फर प्रोफेसनल स्टडीजले पहिलो दीक्षान्त समारोह आयोजना गरेको छ । पाटन कलेज फर प्रोफेसनल स्टडीज बेलायतको युनिभर्सिटी अफ बेडफोरसायर विश्वविद्यालयको संबन्धन प्राप्त कलेज हो।

सो दीक्षान्त समारोहमा क्याम्पसका बी. एससी  अनर्स कम्प्युटर साइन्स एण्ड साफ्टवेयर इन्जिनियरिङ अध्ययन गरेका २० विद्यार्थी दीक्षित भएका थिए ।

क्याम्पसका अध्यक्ष ई. पंकज जालानले सरकार तथा निजी शैक्षिक संस्थाले देशको शैक्षिक क्षेत्रको समष्टिगत विकासका लागि सहकार्य गर्नुपर्ने बताए ।

सो समारोहमा विश्वविद्यालयको तर्फबाट सह उपकुलपति डा. अशरफ जावेदले विद्यार्थीहरुलाई दीक्षित गराएका थिए ।

नेपाल सरकार, शिक्षा मन्त्रालयले संस्थालाई कलेज सञ्चालन गर्ने स्वीकृति प्रदान गरेको छ साथै संस्थाले त्रिभुवन विश्वविद्यालयद्वारा मान्यता पनि प्राप्त गरेको कलेजले जनाएको छ।

प्रकाशित: १९ असार २०७५, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...