नेपाल टेलिकमद्वारा मिर्मिमा टेलिफोन क्षमता विस्तार

  • Technology Khabar | १९ असार २०७५, मंगलवार
नेपाल टेलिकमद्वारा मिर्मिमा टेलिफोन क्षमता विस्तार
फाइल

काठमाडौं ।

काठमाडौं । नेपाल टेलिकम दूरसंचार कार्यालय गल्याङले स्याङ्जाको पर्यटकीय क्षेत्रको रुपमा रहेको मिर्मिमा आफ्नो पिएसटिएन टेलिफोन लाईन तथा एडिएसएल वितरणको क्षमतामा विस्तार गरेको छ ।

नेपाल टेलिकम गल्याङका कार्यालय प्रमुख राम राज उपाध्यायका अनुसार मिर्मिका उपभोक्ताहरुले नयाँ लाइन नपाएका कारण एडिएसएल समेत चलाउन नपाएको अत्याधिक गुनासो गरेपछि उपभोक्ताको माग सम्बोधनस्वरुप हाललाई यस अघि वितरित लाइन भन्दा ४८ लाइनको क्षमता मात्रै विस्तार गरिएको हो।

‘तथापी आगामी दिनमा माग बढ्दै गए पुनः क्षमता विस्तार गर्दै लगिनेछ,’ उनले भने ।

विस्तार पश्चात अब पिएसटिएन तथा एडिएसएल सेवाका नयाँ उपभोक्ताहरुले सहजै सेवा प्राप्त गर्ने टेलिकमले जनाएको छ ।

प्रकाशित: १९ असार २०७५, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...