Technology Khabar १७ असार २०७५, आईतवार
काठमाडौं ।
काठमाडौं । टुटलका सेवाग्राहीहरूले आफुले प्रयोग गरेको यात्राको सेवा शूल्क अबदेखि ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
टुटल सेवामार्फत सम्पर्कमा आएका यात्रु एवम् चालकहरुले कुनै पनि आइएमईका व्यावसायिक साझेदार वा ‘आइएमई पे’ बाट सेवा शूल्क संकलन तथा भुक्तान गर्न सक्ने बताईएको छ ।
सम्झौता पत्रमा ‘आइएमई पे’ का तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र टुटलका तर्फबाट संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत सिक्षित भट्टले हस्ताक्षर गरे ।
प्रकाशित: १७ असार २०७५, आईतवार