Technology Khabar १६ असार २०७५, शनिबार
काठमाडौं ।
काठमाडौं । स्मार्टफोन यूजरका लागि आजभोली स्मार्टफोनको सुरक्षा सबैभन्दा ठूलो समस्याको रुपमा रहेको छ । हरेक दिन डाटा चोरी भएको वा हराएको समाचारहरु आई नै रहेका छन् । फेसबुकजस्ता ठूला कम्पनीहरुले समेत तपाईँको स्मार्टफोनको हरेक गतिबिधिलाई निगरानी गरिरहेका छन् । त्यसैले प्रयोगकर्तालाई आफ्ना डाटाको सुरक्षाले सँधै चिन्तित बनाउँछ ।
तपाईँको आफ्नो डाटा चोरीबाट बच्नको लागि तपाईँ अलर्ट हुनुपर्ने हुन्छ । किनकी कयौं पटक तपाईँको फोनलाई ट्रयाक गरिरहेका हुनसक्दछन् ।
तपाईँको स्मार्टफोन ट्र्याक गर्ने विभिन्न उपायहरु हुन्छन जसलाई ह्याकर वा अन्य डाटा चोरी गर्नेहरुले प्रयोग गरिरहेका हुन्छन् । हामी यहाँ तपाईँलाई कसैले ट्रयाक गरेको छ वा छैन भनेर थाहा पाउने सजिलो उपायहरु बताउने प्रयासमा छौं
ब्याट्री छिटो सकिने
स्मार्टफोनमा भएको केहि एप्सहरुले तपाईँको फोनको ब्याट्री अधिक प्रयोग गरिरहेका हुनसक्दछन यस्ता एप्सले तपाईँको गोप्य जानकारी लिईरहेका हुन्छन् । त्यसैले फोनको ब्याट्री ह्वात्तै सकिने भएमा त्यस्तो आशंका गर्नुपर्दछ । त्यस्तो अनधिकृत एप्स प्रयोग गरिरहनुभएको छ भने त्यसलाई तत्काल अनइन्स्टल गर्नुहोस् । एप्स डाउनलोड गर्दा सकेसम्म गूगल प्ले स्टोर वा एप स्टोरबाट मात्र गर्नुहोस्
फोन बन्द हुनु
के तपाईँको फोन नियमितरुपमा आफैं बन्दहुन्छ ? यदि ब्याट्री भएर पनि फोन आकस्मिकरुपमा नियमित जस्तो बन्द हुन्छ भने तपाईँको स्मार्टफोनमा केहि स्पाई सफ्वेयर हुनसक्दछ ।
ब्याकग्राउण्ड नोइज
फोनमा कुरा गर्दा कयौं पटक ब्याकग्राउण्डमा तपाईँलाई केहि आवाज आईरहेको सुनिन्छ होला, जसलाई अधिकांशले खराब कनेक्सन अनुमान गर्दछन् । तर यस्तो समस्या पटक पटक आउने गरेको छ भने तपाईँको फोन ट्रयाक गरिरहेको हुनसक्दछ । ध्यान दिनुहोस् की कतै तपाईँको कलको प्रयोग कन्फ्रेन्स कलको रुपमा त भईरहेको छैन् ।
असामान्य टेक्स्ट म्यासेज आउनु
तपाईँले कहिले कुनै अनौठो वा फरक किसिमको टेक्स्ट म्यासेज पाउनुभएको छ ? जसमा नम्बर, सिम्बल्स वा क्यारेक्टरहरु छन । स्पाई एप्सको रिमोट कन्ट्रोल फीचरले तपाईँको फोनमा गोप्य कोड राखिएको टेक्स्ट म्यासेजहरु पठाउने गर्दछ । यदि यस्तो निरन्तर भईरहेको छ भने तपाईँको फोनलाई कसैले निगरानी गरिरहेको हुनसक्दछ ।
डाटाको प्रयोगमा वृद्धि
तपाईँले नियमितरुपमा डाटा प्रयोग गरिरहँदा र अचानक डाटा सकिँदाको अवस्था फरक हुन्छ । नियमितरुपमा चलाउँदा डाटाको खपत एक प्रकारको हुन्छ भने स्पाई एपले डाटा खपत गर्दा ह्वात्तै डाटाको रकम वृद्धि हुन्छ । स्पाई एपहरुले तपाईँको डाटा चोरेर प्रयोग गरिरहेका हुन्छन् । त्यसैले तपाईँले किनेको डाटा प्याक छ भने वा सामान्यरुपमा प्रयोग हुँदाको डाटाको बारेमा ध्यान दिनुहोस् ।
यस्ता विषयहरुमा ध्यान दिनुभयो भने तपाईँको फोन ह्याकरहरुबाट वा डाटा चोरी गर्नेहरुबाट बचाउन सकिन्छ र तपाईँ ट्रयाकिंग हुनबाट बच्नुहुनेछ ।
नत्र भने तपाईँको फोनलाई अरु कसैले अनधिकृतरुपमा नियन्त्रण गर्ने र तपाईँको डाटा चोरी गर्न सक्ने संभावना हुन्छ ।
प्रकाशित: १६ असार २०७५, शनिबार