Technology Khabar १५ असार २०७५, शुक्रबार
काठमाडौं ।
काठमाडौं । टेक्नोलोजी कम्पनीहरु विशेषगरि मोबाइल नेटवर्क अपरेटर तथा मोबाइल फोन उत्पादक कम्पनीहरु अब फोरजी फोन मात्र नभई फाइभजी फोन बनाउनेतर्फ अग्रसर भएका छन् ।
चिनियाँ कम्पनी ह्वावेले (Huawei) ५जी इनेबल चीपसेट लन्च गर्ने तयारी गरेको छ । कम्पनीलेआफ्नो नयाँ स्मार्टफोनहरुका लागि ५ जी चिपसेट ल्याउन लागेको हो ।
डिजीटाइम्सको रिपोर्टअनुसार ह्वावेका सीईओ एरिक जू ने कम्पनीले यो प्लानको बारेमा पुष्टि गरेका छन् । ह्वावेले आउँदो सन् २०१९ को मार्च महिनासम्म ५ जी कर्मशियल सोल्यूशन तथा स्मार्टफोन चीपसेट ल्याउने उनले दाबी गरे ।
ह्वावेले जून २०१९ मा पहिलो फाइभ जी स्मार्टफोन सार्वजनिक गर्ने अनुमान गरिएको छ ।
एरिक जूकाअनुसार ५ जी नेटवर्कले भिडियो स्ट्रीमिंग मात्र नभई अग्यूमेन्टिेड रियालिटीपनि उत्कृष्टरुपमा प्रदान गर्न सकिनेछ । यसबाहेक यूजरलाई ५जी स्मार्टफोनको माध्यमबाट भर्चुअल रियालिटीको उत्कृष्ट अनुभव समेत मिल्नेछ ।
ह्वावेले एनएसए नेटवर्कका लागि नन स्ट्याण्डअलोन ५जी सोल्यूशन नेटवर्क सन् २०१८ सेप्टेम्बरसम्ममा तयार गर्ने योजनामा छ । मार्च २०१९ सम्ममा स्ट्याण्डअलोन ५जी नेटवर्क लन्च गरिनेछ ।
प्रकाशित: १५ असार २०७५, शुक्रबार