इन्टाग्राम लाइट गूगल प्ले स्टोरमा, स्लो कनेक्सन यूजरलाई उपयुक्त

Technology Khabar १५ असार २०७५, शुक्रबार

काठमाडौं ।

काठमाडौं । इन्टाग्रामले आफ्ना नयाँ प्रयोगकर्ताहरुको लागि लाइट भर्सन सार्वजनिक गरेको छ ।

कम्पनीले लाइट एप हालै गूगल प्ले स्टोरमा राखेको हो।

इन्टाग्रामको लाइट एप निकै सानो छ जसको सहयोगबाछ तपाईँले यसलाई डाउनलोड गरेर आफ्नो फोनको स्टोरेज बचत गर्न सक्नुहुनेछ ।
इन्टाग्राम लाइट भर्सनमा तपाईँले फीड र स्टोरी पोष्ट फोटोको फिल्टर गर्न सक्नुहुनेछ । तर अहिलेसम्म लाइट भर्सनमा भिडियो शेयर गर्ने र साथीभाईहरुलाई सिधै म्यासेज पठाउने अप्शन भने राखेको छैन् ।

इन्टाग्राम लाइट एप ती मानिसहरुका लागि उपयुक्त हुन्छ जसले कम स्टोरेज भएको पुराना स्मार्टफोनहरु प्रयोग गरिरहेका छन् । किनकी यसको क्षमता केबल ५७३ केबी मात्र रहेको छ ।

यसबाहेक ती यूजरलाई पनि ठिक हुन्छ जसको इन्टरनेट कनेक्सन स्लो छ वा डाटा कम खपत गर्ने गर्दछन् ।

कम्पनीले हाल इन्टाग्राम लाइटको परिक्षण मेक्सिकोबाट शुरु गरिएको जानकारी दिएको छ भने फोनमा कम स्पेस भएपनि मोबाइलमा डाउनलोड हुने किसिमले बनाएको जानकारी दिएको छ । यो एप अन्य देशहरुका लागि समेत छिटै उपलब्ध हुनेछ ।

प्रकाशित: १५ असार २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया