
काठमाडौं ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबीच एक सम्झौता भएको छ ।
बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । सो सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा तथा ग्रान्डी अस्पतालका मार्केटिङ तथा व्यापार प्रवर्धन प्रमुख प्रतिक तिवारीले हस्ताक्षर गरे।
सम्झौताअनुसार सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउनेछन् ।
बैंकले हाल ७४ वटा शाखा, ७० वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव ३ लाख ३५ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्नदान गर्दै आइरहेको जनाएको छ ।
प्रकाशित: १४ असार २०७५, बिहीबार