सामसंगको तीन नयाँ मोडलका फोरके टिभीहरुमा विशेष अफर

Technology Khabar १४ असार २०७५, बिहीबार

काठमाडौं ।

काठमाडौं । नेपालको लागि सामसंगको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रालिले तीन नयाँ मोडलका टेलिभिजन सुपथ मूल्यमा बिक्री गर्ने अफर सार्वजनिक गरेको छ ।

यो योजनाको मुख्य उद्देश्य फुटबल प्रेमीलाई एउटा राम्रो र रमाइलो उत्सवको अनुभव दिनु भएको कम्पनीको दाबी छ ।

फिफा विश्वकप २०१८ लाई लक्षित गरेर कम्पनीले सामसंगका टेलिभिजनहरुको खरिदमा विशेष अफर दिएको हो । यस योजनामा ग्राहकले ८२ इन्चको प्रिमियम एमयू८००० फोरके यूएचडी टिभी (82″ Premium MU8000 4K UHD TV), ७५ इन्चको एमयू६१७२ फोरके यूएचडी टिभी(75″ MU 6172 Smart 4K UHD TV ), र ६५ इन्चको एमयू७००० स्मार्ट फोरके यूएचडी टिभी (65″ MU7000 Smart 4K UHD TV) मोडलहरुमा उत्कृष्ट अफर प्राप्त गर्न सक्ने बताईएको छ ।

यो अफर नेपालभर फैलिएर रहेका सामसंग प्लाजाहरुबाट टेलिभिजन खरिद गर्दा पाउन सकिने कम्पनीले जनाएको छ।

S.NModel NoPrevious PriceOffer Price
182″ Premium MU8000 4K UHD TVRs. 11,99,990Rs. 8,99,990
275″ MU 6172 Smart 4K UHD TVRs. 6,49,990Rs. 4,99,990
365″ MU7000 Smart 4K UHD TVRs. 3,54,990Rs. 2,85,990

प्रकाशित: १४ असार २०७५, बिहीबार

तपाइको प्रतिक्रिया