सिजीको विश्वकप अफरमा दुई जनाले पाए २० इन्चको एलइडि टिभी

Technology Khabar १४ असार २०७५, बिहीबार

काठमाडौं ।

काठमाडौं । सिजीको विश्वकप अफरमा दुई जना भाग्यशाली विजेताले २० इन्चको एलइडि टिभी पाएका छन् । हाल भइरहेको विश्वकप फुटबल प्रतियोगितालाई मध्यनजर गरि सिजीले आफ्ना टिभी खरिदकर्ताहरु मध्येबाट प्रत्येक हप्ता एक जनालाई लक्की ड्र मार्फत सिजीको एलईडि टिभी प्रदान गरेको हो ।

कम्पनीद्धारा आयोजित कार्यक्रममार्फत २ जना भाग्यशाली विजेताहरु छानिएका थिए । जस मध्ये इलाम घर भएका धिरज आचार्य र काठमाडौं, तिलगंगा घर भएकी संजिता देउला रहेका छन् ।

कम्पनीको उपहार योजनामा अझै २ वटा टिभीहरु उपहार स्वरुप दिन बाँकी रहेको सिजीका ब्राण्ड म्यानेजर दिवाकार नगरकोटीले जानकारी दिए ।

प्रकाशित: १४ असार २०७५, बिहीबार

तपाइको प्रतिक्रिया