सामसंग ग्यालेक्सी नोट ९ अगस्त ९ तारिखमा लन्च हुने, यस्ता छन् फोनका विशेषताहरु

  • Technology Khabar | १४ असार २०७५, बिहीबार
सामसंग ग्यालेक्सी नोट ९ अगस्त ९ तारिखमा लन्च हुने, यस्ता छन् फोनका विशेषताहरु

काठमाडौं ।

काठमाडौं । सामसंगले नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी नोट ९(Samsung Galaxy Note 9) यहि अगस्तमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले आफ्नो नयाँ फोन सार्वजनिक गर्नको लागि प्रेस इन्भाइट पठाउन शुरु गरेको छ ।

सामसंगले न्यूयोर्कको ब्रुकलिनको बार्कले सेन्टरमा अगस्त ९ तारिखमा आयोजना गर्दैछ जहाँ नोट नाइनका साथमा अन्य डिभाइसपनि आउन सक्ने अनुमान गरिएको छ ।

इभेन्टको इन्भिटेसन कार्डमा एउटा बटनको क्लोजअप शट देखाईएको छ,जून एउटा एस पेन स्टाइलस(S pen Stylus) को शेपमा छ ।

सामसंग ग्यालेक्सी नोट ९ मा ब्याट्री तथा अन्य विषयहरुमा केहि परिवर्तन गरिएको छ । इभेन्ट बिहान ११ बजे शुरु हुनेछ ।

के छ विशेषताहरु

सामसंग ग्यालेक्सी नोट ९ मा ६.४ इन्चको सूपर एमोलेड डिस्प्ले राखिएको छ, जून १८ः५ः९ अस्पेक्ट रेशियोका साथमा उपलब्ध हुनेछ । फोनको डिजाइन ग्यालेक्सी नोट ८ को जस्तै देखिनेछ । फोनमा ४,००० एमएएचको ब्याट्री राखिने अपेक्षा गरिएको छ ।

क्वालकम स्न्यापड्रागन ८४५ चीपसेट तथा कम्पनीको आफ्नै इनहाउस एक्जिनोस ९८१० चीपसेट राखिनेछ ।

त्यस्तै नोट ९ को एउटा भेरिएन्टमा ५१२ जीबीको आन्तरिक स्टोरेज हुने चर्चा पनि हुँदै आएको छ ।

फोटोका लागि फोनमा १२ मेगापिक्सेलको ड्यूल रियर क्यामरा हुनेछ भने फोनमा फिंगरप्रिन्ट सेन्सर पनि उपलब्ध हुनेछ । यसको फिंगरप्रिन्ट डिस्प्लेमा नै हुनसक्नेछ ।

एन्ड्रोयड ओरियो ८.१ मा आधारित यो स्मार्टफोन ६ जीबी र्याम २५६ जीबी स्टोरेज र ८ जीबी र्याम ५१२ जीबी स्टोरेजका साथमा उपलब्ध हुनेछ ।

माध्यम

प्रकाशित: १४ असार २०७५, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...