एन आई सी एशिया क्यापिटलको मोबाइल एप, शेयरको सबै जानकारी मोबाइलबाट पाईने

  • Technology Khabar | १३ असार २०७५, बुधबार
एन आई सी एशिया क्यापिटलको मोबाइल एप, शेयरको सबै जानकारी मोबाइलबाट पाईने

काठमाडौं ।

काठमाडौं । एन आई सी एशिया क्यापिटलले मोबाइल एप सेवाको थालनी गरेको छ ।

मोबाइल एप मार्फत प्रयोगकर्ताले आफ्नो डिम्याट खाताको सम्पूर्ण जानकारी प्राप्त गर्नुका साथै एन आई सी एशिया क्यापिटलको सामूहिक लगानी कोषको प्रति ईकाई मुल्य (NAV) को जानकारी, नेप्से बजार रिपोर्टका साथै एन आई सी एशिया क्यापिटलले प्रदान गर्दै आएको बृहत सेवाका बारेमा जानकारी प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

सो एन आई सी एशिया क्यापिटल मोबाइल एप हाल एण्ड्रोईडको प्ले स्टोर र केहि दिनमा एप्पल मोबाइलको ऐप स्टोरमा निशुल्क उपलब्ध हुने भएको छ ।

यस एन आई सी एशिया क्यापिटल मोबाइल एप्पमा समय सापेक्ष परिवर्तन गर्दै अत्याधिक जानकारीमूलक सेवाहरु प्रविष्ट गर्दै जाने एन आई सी एशिया क्यापिटलका व्यापार व्यवस्थापन विभाग प्रमुख राघब पोखरेलले जानकारी गराए ।

प्रकाशित: १३ असार २०७५, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...