
काठमाडौं ।
काठमाडौं । अमेरिकी टेक कम्पनी एप्पलले आफ्नो आइफोन सिक्स एस (iphone 6s) भारतमा बनाउने भएको छ ।
हालै आएको रिपोर्टअनुसार कम्पनीले एक साता पहिले ताइवानमा रहेको कन्ट्रयाक्ट उत्पादक विस्ट्रोनको बेंगलुरुमा भएको प्लान्टमा डिभाइसको उत्पादन शुरु गरेको छ । भारतमा निर्माण हुने आइफोन सिक्स एस छिटै भारतीय बजारमा बिक्रीका लागि उपलब्ध हुने समेत जानकारी बाहिर आएको छ ।
यसअघि कम्पनीले आइफोन एसई भारतमा बनाउन थालेको थियो ।
इकोनोमिक टाइम्सकाअनुसार एप्पलले अप्रिल महिनामा नै भारतमा आइफोन सिक्स सिरिजमा ट्रायल शुरु गरेको थियो ।
भारतीय बजारमा आइफोन सिक्स एसले अन्य आइफोनको तुलनामा एक तिहाई हिस्सा ओगटेको छ ।
कम्पनीले यसको बढ्दो बजार मागलाई ध्यानमा राखेर स्थानीय स्तरमा यसको उत्पादन शुरु गर्न लागेको हो ।
कम्पनीले भारतमा उत्पादित आइफोन सिक्स एस र आयातीत आइफोन दुबै बजारमा बिक्री गर्नेछ जसले गर्दा हाल सो फोनको मूल्य घट्नेछैन् ।
भारतीय सरकारले आयात ड्यूटीमा ५ प्रतिशत अतिरिक्त कर वृद्धि गरेपछि भारतीय बजारमा एप्पलका उत्पादनहरु महंगो हुने गरेका छन जसले गर्दा कम्पनीको आइफोन ८ र आइफोन एक्स शिपमेन्टमा कमी आएको थियो ।
प्रकाशित: १२ असार २०७५, मंगलवार