Technology Khabar १२ असार २०७५, मंगलवार
काठमाडौं ।
काठमाडौं । चीनले हालै आकाशबाट गतिबिधि नियाल्ने नयाँ किसिमको ड्रोन सार्वजनिक गरेको छ । यो ड्रोनले आकाशबाट जासूसी गरेर जानकारीहरु संकलन गर्नेछ ।
चीनको सरकारी एजेन्सीहरुले सर्भिलेनस बढाउने गरि नयाँ ड्रोन बनाएको हो ।
चीनमा देशभरी नै मानिसहरुको गतिबिधिलाई निगरानी गर्नका लागि रोबोटिक बर्ड बनाएको हो । सो रोबोटिक बर्डले आकाशमा चराहरुको झुण्डको जस्तै आकाशबाट निगरानी गर्नेछ । सो ड्रोनमा उच्चतहको सर्भिलेन्स टेक्नोलोजी जडान गरिएको बताईएको छ ।
चीनका ३० सैन्य र सरकारी एजेन्सीहरुले चरा जस्तो ड्रोन बनाएर विभिन्न पाँच प्रान्तमा प्रयोग गरिरहेको रिपोर्टमा उल्लेख छ।
हालै चीनको सूदूर पूर्वी क्षेत्र जिनजिआन उग्यूर स्वायत्त क्षेत्रमा यो प्रविधिको प्रयोग गरिएको देखिएको हो ।
नयाँ स्पाई बर्ड कार्यक्रम जसको कोड नाम ‘डोभ’ हो, यसलाई नर्थवेस्टर्न पोलिटेक्निकल यूनिभर्सिटीका अनुसन्धानकर्मीहरुले बनाएका हुन् । सो अनुसन्धान समूहमा आबद्ध यांग वेक्विंगकाअनुसार हाल यो प्रारम्भिक र सानो चरणमा नै रहेको छ।
आगामी दिनमा सो रोबोटिक बर्ड नामक ड्रोन अझ एडभान्स टेक्नोलोजीका साथमा आउने छ । जसमा निगरानीका लागि जीपीएस टेक्नोलोजी, हाई डेफिनिशन क्यामरा र फ्लाईट कन्ट्रोल सिस्टम जडान गरिएको छ ।
सो ड्रोनलाई सेटेलाइटमा जोडिएको छ भने त्यसमा जडान गरिएको सानो मोटरद्धारा सो ड्रोनले उडान भर्दछ ।
प्रकाशित: १२ असार २०७५, मंगलवार