काठमाडौं ।
काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले भूमि सम्बन्धी सम्पूर्ण जानकारीसहितको मोवाइल एप्स प्रयोगमा ल्याएको छ ।
मन्त्रालयमा एक कार्यक्रमका बीच गरी ‘भूमि सुशासन’ (Bhumi Sushaasan) नामक एप्सको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले सार्वजनिक गरे ।
एप्समा मन्त्रालयका कार्यक्रम, भूमि सम्बन्धी सेवाहरुको जानकारी, कार्यालयहरुको लोकेशन, ऐन–कानुन, नीति–निर्देशिका, कार्यविधि, भूमि शब्दकोष समावेश गरिएको छ ।
त्यस्तै सजिलोमा कन्भर्ट हुने गरी भूमिसम्बन्धित नापजाँच सम्बन्धि इकाइ, नापी क्याल्कुलेटर, सूचना, गतिविधि, सेवाग्राहीबाट बारम्बर सोधिने प्रश्नहरु पनि मोवाइल एप्समा समेटिएको मन्त्रालयका सहसचिव जनकराज जोशीले जानकारी दिए ।
मोवाइल एप्स सार्वजनिक गरेपछि मन्त्री खनालले यो एउटा सानो सुरुवात भएपनि यसले प्रयोगकर्तालाई केही राहत मिल्ने बताए । अझै धेरै गर्न बाँकी रहेकोले सुधार गर्दै जान पनि मन्त्री खनालले मन्त्रालयका प्राविधिकहरुलाई आग्रह गरे ।
हाल यो एप एन्ड्रोयड भर्सनमा मात्र उपलब्ध रहेको जानकारी दिईयो ।
यी हुन् एप्लिकेसनमा समेटिएका विषयबस्तु-
१.मन्त्रालयका प्राथमिकता प्राप्त कार्यक्रमहरुको संक्षिप्त परिचय र उपलब्धीबारे जानकारी
२.मन्त्रालय अन्तर्गतबाट प्रदान हुने मुख्य सेवाहरुबारे जानकारी
३.सेवा वडापत्र
४.मन्त्रालय अन्तर्गतका कार्यालयहरुको कार्यक्षेत्रबारे जानकारी
५.सेवाग्राहीले कार्यालय (मालपोत, नापी र भूमिसुधार)मा पेश गर्नुपर्ने निवेदनका ढाँचाहरु
६.मन्त्रालय र अन्तर्गतका प्रकाशनहरु
i.ऐन तथा नियमहरु
ii.नीति, निर्देशिका र कार्यविधि
iii.प्रतिवदन
iv.अन्य प्रकाशन
७.मन्त्रालय र अन्तर्गतका निकायहरुको अवस्थिति देखाउने नक्सा
८.भूमि शब्दकोश
९.नापी क्यालकुलेटर
१०.सूचना तथा गतिविधि
११.सेवाग्राहीबाट बारम्बार सोधिने प्रश्नहरु
तपाईपनि यो एप डाउनलोड गरेर प्रयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
प्रकाशित: १० असार २०७५, आईतवार