
काठमाडौं ।
काठमाडौं । सिजी मोबाइल्स्ले आफ्नो फिचर फोन विधामा दुई नयाँ मोडल थप गरेको छ।
दुई फोन मध्ये ओरियन १८१डब्लू Orion 181W मा १.८ ईन्चको स्क्रीन, डिजिटल क्यामरा, ८ जीबीसम्म थप गर्न सकिने मेमोरी, ड्यूल सिम र १००० एमएएचको ब्याट्री रहेको छ।
यसमा वायरलेस एफएम, ब्लूटुथ, म्यूजिक र भिडियो प्लेयर जस्ता थप विशेषता रहेको छ भने यसको बजार मूल्य १ हजार १ सय ९९ रुपैयाँ तोकिएको छ।
यसैगरी नयाँ ल्याइएको ओरियन २४१डब्लू Orion 241W मा २.४ ईन्चको स्क्रीन, डिजिटल क्यामरा, ८ जीबीसम्म थप गर्न सकिने मेमोरी, ड्यूल सिम र १००० एमएएचको ब्याट्री रहेको छ । यसमा पनि वायरलेस एफएम ब्लूटुथ, म्यूजिक र भिडियो प्लेयर जस्ता थप विशेषता छ । यसको बजार मूल्य १ हजार ४ सय ९९ रुपैयाँ तोकिएको छ ।
ओरियन १८१डब्लू तीन विभिन्न आकर्षक रंगहरु कालो प्लस निलो, कालो प्लस पहिलो तथा कालो प्लस रातो रंगमा उपलब्ध छ भने ओरियन २४१डब्लू कालो प्लस रातो र कालो प्लस सुन्तला रंगहरुमा उपलब्ध छ ।
दुबै नयाँ मोडलमा १०० दिनको सटही सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
प्रकाशित: १० असार २०७५, आईतवार