काठमाडौं ।
काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एभरेष्ट बैंकले सतुंगलमा अवस्थित सामुदायिक बिष्णु देवी शिक्षा सदनलाई एक कार्यत्रमका बीच शैक्षिक सामग्री वितरण गरेको छ ।
विद्यालय परिसरमा आयोजित सो कार्यक्रममा पंजाब नेशनल बैंकका कार्यकारी निर्देशक एल.वी. प्रभाकरले शैक्षिक सामाग्री विद्यार्थीहरुलाई वितरण गरे । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति रहेको बैंकले जनाएको छ ।
प्रकाशित: ५ असार २०७५, मंगलवार