एभरेष्ट बैंकको नयाँ शाखा सीतापाइलामा

  • Technology Khabar | ४ असार २०७५, सोमबार
एभरेष्ट बैंकको नयाँ शाखा सीतापाइलामा

काठमाडौं ।

काठमाडौं । एभरेष्ट बैंकले काठमाडौंको सीतापाइलामा आफ्नो शाखा स्थापना गरेको छ ।

सीतापाइला शाखाको उद्घाटन बैंकमा संयुक्त लगानी रहेको पंजाब नेशनल बैंकका कार्यकारी निर्देशक तथा एभरेष्ट बैंकका निर्देशक एल.भि. प्रभाकरले गरे ।

उक्त कार्यक्रममा बैंकका संस्थापक निर्देशक अरुण मान शेरचन, प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

साढे नौ लाख भन्दा बढि ग्राहक रहेको एभरेष्ट बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रकाशित: ४ असार २०७५, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार