हाइसेन्सको ‘एक हैन, दुई हैन, तीन अफर’ योजना, ३२ इन्च वा सोभन्दा माथिको टिभी किन्दा ३० प्रतिशतसम्म नगद फिर्ता

  • Technology Khabar | ३ असार २०७५, आईतवार
हाइसेन्सको ‘एक हैन, दुई हैन, तीन अफर’ योजना, ३२ इन्च वा सोभन्दा माथिको टिभी किन्दा ३० प्रतिशतसम्म नगद फिर्ता

काठमाडौं ।

काठमाडौं । नेपालका लागि हाइसेन्स ब्राण्डको एकमात्र आधिकारिक वितरक नविन डिष्ट्रिब्युटर्स प्रालिले विश्वकप फुटबल प्रतियोगिताको अवसर पारेर “हाइसेन्स वर्ल्डकप २०१८ एक हैन, दुई हैन, तीन अफर” उपहार योजना प्रस्तुत गरेको छ ।

विश्वकप प्रतियोगिता २०१८ पारेर यसप्रकारको योजना संचालन गरी ग्राहकहरुलाई थप उत्साह एवं रोमाञ्चकता प्रदान गर्ने कम्पनीले बताएको छ ।

योजना अन्तर्गत हाइसेन्सको ३२ इन्च वा सोभन्दा माथि साइजको टिभी खरीद गर्दा ग्राहकहरुले ३० प्रतिशतसम्म नगद फिर्ता पाउन सक्नेछन् साथै एउटा स्क्य्राच कार्ड पनि प्राप्त गर्नेछन्, जसलाई स्क्य्राच गरेर नगद वा राइस कुकर, भ्याकुम क्लिनर वा इलेक्ट्रिक भाडा आदिको गिफ्ट ह्याम्पर पाउन सकिने हाइसेन्सले जनाएको छ ।

यसका साथै भाग्यशाली विजेताहरुले गोला प्रथाबाट छानिने बम्पर पुरस्कारमा साइड वाइ साइड रेफ्रिजेरेटर, सिंगल डोर रेफ्रिजेरेटर, वासिङ मेसिन अथवा टेलिभिजन पनि पाउन सक्ने छन् ।

हाइसेन्सले भाइबरसँग पनि सहकार्य अघि बढाएको छ, जसमा ग्राहकहरुले नेपालकै लागि मात्र भनेर निर्माण गरिएको खास किसिमका हाइसेन्स भाइबर स्टिकरहरु डाउनलोड गरेर एलइडि टिभी हरेक हप्ता र बम्परमा बिग स्मार्ट टिभी साथै हाइसेन्स गुडिजहरु पनि जित्न सक्ने कम्पनीले जनाएको छ ।

प्रकाशित: ३ असार २०७५, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...