Technology Khabar १ असार २०७५, शुक्रबार
काठमाडौं ।
काठमाडौं । सामसंगको बहुप्रतिक्षित फोल्डेबल स्मार्टफोन ग्यालेक्सी एक्स (Galaxy X) सन् २०१९ को शुरुवातमा सार्वजनिक हुने संभावना रहेको छ । फोल्डेबल फोनको बारेमा निकै समय अघिदेखि चर्चा भएपनि हाल आएर यसको बारेमा नयाँ जानकारी बाहिर आएको छ ।
कोरियन टाइम्सले यो फोनको बजार मूल्यको बारेमा जानकारी दिएको छ । सामसंगको पहिलो फोल्डेबल फोनको मूल्य २ मिलियन कोरियन वन हुने बताईएको छ ।
यदि रिपोर्टमा आएको समाचार सहि भएमा यो स्मार्टफोन विश्वको सबैभन्दा महंगो स्मार्टफोनको रुपमा हुनेछ ।
एक रिपोर्टकाअनुसार टेक विशेषज्ञहरुकाअनुसार कम्पनीले यो वर्षको नोभेम्बर महिनादेखि फोल्डेबल फोनको लागि पार्टस आपूर्ति हुन शुरु हुनेछ । यो वर्षको अन्त्यसम्म सो फोनको एसेम्बल हुनेछ भने आगामी सन् २०१९ को शुरुवातमा फोन लन्च हुनेछ ।
यसअघि नै सामसंगले फोल्डेबल फोनमा काम गरिरहेको जानकारी दिएको थियो जून ग्राहकहरुलाई उत्कृष्ट अनुभव दिनका लागि डिजाइन गरिनेछ ।
रिपोर्टकाअनुसार ग्यालेक्सी एक्स मा ७.३ इन्चको ओएलईडी डिस्प्ले हुनेछ जून फोल्ड गर्दा त्यसको आधा ४.५ इन्चको आकारमा हुनेछ । यो फोनको बारेमा अन्य जानकारीहरु भने आएको छैन् ।
प्रकाशित: १ असार २०७५, शुक्रबार