मोबाइल फोन सफा गर्दा यी उपायमा ध्यान दिनुस, तपाईँको फोन सँधै नयाँ देखिन्छ

Technology Khabar २७ जेष्ठ २०७५, आईतवार

मोबाइल फोन सफा गर्दा यी उपायमा ध्यान दिनुस, तपाईँको फोन सँधै नयाँ देखिन्छ
सांकेतिक

काठमाडौं ।

काठमाडौं । तपाईँले बजारमा विभिन्न किसिमका स्मार्टफोनहरु छानीछानी किन्न सक्नुहुन्छ, जून विभिन्न फीचरयुक्त रहेका हुन्छन् । स्मार्टफोन किनेर त्यसको प्रयोग गर्ने मात्र होईन की त्यसको सुरक्षा र सरसफाई पनि निकै महत्वपूर्ण हुने गर्दछ । यसको सुरक्षा र सरसफाई सही तरिकाले गर्नुभएन भने यो छिटै बिग्रन सक्नेहुन्छ ।

वैज्ञानिकहरुले पनि स्मार्टफोनको सरसफाईमा ध्यान नदिँदा लाखौं करोडौं जिवाणुहरु फोनमा हुने गरेको पाईएको पुष्टि गरिसकेका छन् । जसले प्रयोगकर्ताको स्वास्थ्यमा समेत खराबी ल्याउन सक्दछ ।

स्मार्टफोनको सरसफाई र सुरक्षा गर्दा ठिक किसिमले भएन भनेपनि अर्को समस्या निम्तिन्छ र फोन बिग्रनसक्दछ । त्यसैले तपाईँले आफ्नो फोनलाई कसरी सफा र सुरक्षित बनाउन सक्नुहुन्छ भन्ने बिषयमा जानकारीका दिने प्रयास गरेका छौं ।

अधिकांश समय फोनलाई राम्रो बनाउन वा टल्काउन लिक्विड क्लीनरको प्रयोग गर्ने गर्दछन् । तर त्यस्तो लिक्विड क्लीनर स्मार्टफोन सफागर्नका लागि उपयुक्त छ वा छैन भन्ने विषय पनि ध्यान दिनुपर्ने हुन्छ । नत्र स्मार्टफोनको रंग खुईलिने, बिग्रने समस्या आउन सक्दछ ।

स्मार्टफोन सफा गर्दा ध्यान दिनुपर्ने विषयहरु

-जतिबेला आफ्नो फोन सफा गर्नुहुन्छ, त्यसबेला सबैभन्दा पहिले तपाईँ फोनको बाहिरी कभर समेत झिक्नुहोस् ।

-तपाईँ फोनलाई चार्जमा राखिरहनुभएको छ भने चार्जबाट झिक्नुहोस् । नत्र करेन्ट लाग्ने संभावना अत्यधिक हुन्छ ।

-हरेक पटक तपाईँ आफ्नो स्मार्टफोन सफा गर्दै हुनुहुन्छ भने तपाईँले त्यो स्मार्टफोनको स्वीच अफ गर्नुहोस र त्यसको ब्याट्री निकाल्नुहोस् । यदि ब्याट्री इनबिल्ट छ, अर्थात झिक्न नमिल्ने छ भने स्वीच अफ मात्र गरे पुग्दछ ।

-अधिकांश मानिसहरु जस्तो पायो त्यस्तै वा जुन कपडा नजिकै छ त्यसैले फोन सफा गर्ने गर्दछन् । जसले गर्दा फोनमा विभिन्न साना साना धर्साहरु देखिने, स्क्रीनमा स्क्र्याच देखिने, फोनको रंग खुईलिने जस्ता समस्या आउँछ, त्यसैले हरेक पटक फोन सफा गर्दा सूती कपडा/कटन कपडाले मात्र सफा गर्ने गर्नुहोस् ।

-फोनलाई कुनै लिक्विडद्धारा सफा गर्नुभन्दा पहिले सुख्खा सूती कपडाले राम्रोसँग सफा गर्नुहोस् ।

-यदि तपाईँ लिक्विडद्धारा फोन सफा गर्दै हुनुहुन्छ भने लिक्विड हाल्दा स्क्रीनको बीचमा मात्र पर्ने गरि हाल्नुहोस् । लिक्विड फोनको छेउ भागमा गएर भित्र पस्यो भने फोन खराब हुनसक्दछ ।

-कहिले पनि हेडफोन पोर्ट वा चार्जिंग पोर्टलाई  भिजेको कपडाले सफा नगर्नुहोस् । यसले फोनमा समस्या आउन सक्दछ ।

-फोनलाई सफागर्नको लागि बजारमा उपलब्ध हुने उपयुक्त लिक्विडको मात्र प्रयोग गर्नुहोस् ।

-स्मार्टफोनको स्क्रीन सफा गर्दा अधिक थिचिने हुनसक्दछ त्यसमा ध्यान दिनुहोस् ।

-फोन सफा गर्दा कहिलै पानीको प्रयोग नगर्नुहोस् । पानीले फोनमा खियालाग्ने र त्यसका पार्टहरु बिग्रने हुन्छ ।

यी केहि उपायहरु अपनाउनुभयो भने तपाईँको फोन हर समय नयाँ जस्तै देखिन्छ ।

प्रकाशित: २७ जेष्ठ २०७५, आईतवार

तपाइको प्रतिक्रिया