Technology Khabar २७ जेष्ठ २०७५, आईतवार
काठमाडौं ।
काठमाडौं । रुपन्देही स्थित सियारी गाउँपालिकाले आयोजना गरेको ‘शिक्षित सियारी, शिक्षित समाज’ नामक कार्यक्रममा अर्घाखाँची सिमेन्ट प्रालिले सहयोग गरेको छ ।
सो कार्यक्रममा अर्घाखाँची सिमेन्टले सियारी गाउँपालिकाका सम्पूर्ण विद्यार्थीहरुका लागि विभिन्न शैक्षिक सामग्रीहरु प्रदान गरेको हो ।
अर्घाखाँची सिमेन्टले सियारी गाउँपालिकाका ३ हजार ३ सय विद्यार्थीहरुलाई एक वर्षसम्म आवश्यक पर्ने स्कुल ब्यागसहित विभिन्न शैक्षिक सामग्रीहरु एकमुष्ट उपलब्ध गराएको हो ।
प्रधानमन्त्रीले सुरु गरेको ‘हामी सबैको इच्छा, अनिर्वाय निःशुल्क शिक्षा नामक महान अभियानलाई सार्थक पार्न कम्पनी सो कार्यक्रममा जोडिएको जानकारी दिएको छ ।
‘शिक्षित सियारी, शिक्षित समाज’ कार्यक्रममा सो क्षेत्रमा भएका सम्पूर्ण बालबालिकाहरुलाई बिद्यालयमा झिकाऔँ, सिकाऔँ र टिकाऔँ भन्ने मूल नारा अन्तर्गत सबैकालागि शैक्षिक समाग्री वितरण गरिएको हो । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलद्धारा शैक्षिक समाग्रीहरु विभिन्न स्कुलका प्रधानाध्यापकहरुलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक पशुपति मुरारकाले भने, ‘सबैले आ–आफ्नो ठाँउबाट सक्दो सहयोग गर्ने हो भने यो महाअभियान सफल हुनेमा दुईमत छैन । हामी स्थापनाकाल देखिनै स्थानीयबासीहरुका स्वास्थ्य, शिक्षा र रोजगारी, जस्ता क्षेत्रमा जोडिएर काम गरिरहेका छौँ ।’
प्रकाशित: २७ जेष्ठ २०७५, आईतवार