सिटिजन्सद्वारा बाल बिनोद माध्यमिक विद्यालयलाई आर्थिक सहयोग प्रदान

  • Technology Khabar | २४ जेष्ठ २०७५, बिहीबार
सिटिजन्सद्वारा बाल बिनोद माध्यमिक विद्यालयलाई आर्थिक सहयोग प्रदान

काठमाडौं ।

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले बाल बिनोद माध्यमिक विद्यालयलाई  दुई लाख रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराएको छ ।

हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो वार्षिक कार्यतालिका अनुसार सो सहयोग रकम हस्तान्तरण  गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको समुपस्थितिमा विद्यालयका प्राचार्य माधव प्रसाद खतिवडालाई दुई लाख रुपैयाँको चेक बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माद्वारा हस्तान्तरण गरियो ।

कार्यक्रममा  बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले सामुदायिक विद्यालयहरु आर्थिक रूपले आत्मनिर्भर भए मात्र गुणस्तरीय शिक्षा प्रदान गर्ने सकिने बताउँदै गुणस्तरीय शिक्षाको अभावकै कारण हाम्रो मुलुकले द्वन्द खेप्नु परेको कुरा व्यक्त गरे ।

कार्यक्रममा बालबालिकाहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तूत गरेका थिए ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले  देशैभरी फैलिएका  आफ्ना ७४  वटा शाखा, ६९ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव  तीन लाख पैतिस हजार ग्राहकवर्गलाइ आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

प्रकाशित: २४ जेष्ठ २०७५, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...