एलजी टिभी किन्दा ३१ प्रतिशतसम्म क्यासब्याक, भायोनेटको ३० एमबिपिएस इन्टरनेट सित्तैमा

  • Technology Khabar | २२ जेष्ठ २०७५, मंगलवार
एलजी टिभी किन्दा ३१ प्रतिशतसम्म क्यासब्याक, भायोनेटको ३० एमबिपिएस इन्टरनेट सित्तैमा

काठमाडौं ।

काठमाडौं । एलजीले विश्वकप फुटबल २०१८ लाई ध्यानमा राख्दै एलजी ब्राण्डका टिभी खरिदमा ३१ प्रतिशतसम्मको क्यासब्याक अफर दिने भएको छ।

साथै ‘विश्वकै उत्कृष्ट गेम विश्वकै बेस्ट टिभीमा हेर्नुहोस्’ भन्ने नाराका साथमा ५ हजार ४२४ रुपैयाँसम्मको भायोनेटको ३० एमबिपिएस इन्टरनेट सुविधा ३ महिनाको लागि निशुल्क दिइने कम्पनीले जानकारी दिएको छ । यसका साथै ग्राहकले नेट टिभी च्यानल पनि फ्रिमा हेर्न पाउने छन्।

हरेक हप्ता ४३ इन्चको एलजी स्मार्ट टिभी लक्की ड्रमार्फत प्रदान गरिने कम्पनीले उल्लेख गरेको छ। ओएलइडी टिभी, सुपर यूएचडी, यूएचडी, स्मार्ट तथा नर्मल एलइडी टिभीमा सुपर डिस्काउन्ट ल्याइएको कम्पनीले जनाएको छ।

प्रकाशित: २२ जेष्ठ २०७५, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...