सिटिजन्स बैंकको भिषा थ्रिडी सेक्योर कार्डद्धारा अनलाइन किनमेल गर्न सकिने

  • Technology Khabar | २१ जेष्ठ २०७५, सोमबार
सिटिजन्स बैंकको भिषा थ्रिडी सेक्योर कार्डद्धारा अनलाइन किनमेल गर्न सकिने

काठमाडौं ।

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले भिषा थ्रिडी सेक्योर प्रविधि संचालनमा ल्याएको छ।

भिषा कार्ड इन्टरनेसनलको ‘भेरिफाइड बाई भिषा’मा आधारित यो प्रविधि अनलाइन कारोबारको लागि अतिरिक्ति सुरक्षा तहको रुपमा रहेको बैंकले जानकारी दिएकोछ। सो प्रविधिको कार्डमार्फत ग्राहकहरुले इन्टरनेटमा वस्तु तथा सेवा खरिद गर्न सक्नेछन् ।

यो सेवा लिने ग्राहकले प्रत्येक कारोबार गर्दा इमेल तथा मोबाइलमा छुट्टै पिन नम्बर प्राप्त गर्न सक्नेछन्। जसले गर्दा अनलाइन कार्ड कारोबार झनै सुरक्षित हुने बैंकको दावी छ।

बैंकमा डलर खाता भएका ग्राहकले विश्वका कुनै पनि स्थानमा र नेपाली रुपैयाँमा खाता भएकाले नेपाल तथा भारतमा डेविट एवं क्रेडिट कार्डमार्फत न्यूनतम वार्षिक शुल्कमा अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गर्न सक्नेछन्।

यो प्रबिधिबाट गरिएको कारोबारमा जालसाझी एवं नक्कली वा जोखिम कम हुने हुँदा सुरक्षित, भरपर्दो र विश्वसनीय हुने बैंकको दाबी छ।
बैंकका हाल देशैभरी ७४ शाखा, ६९ वटा एटिएम र ९७ वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा छन्। करिव तीन लाख पैतीस हजार ग्राहकले सेवा लिँदै आएको बैंकले जनाएको छ।

प्रकाशित: २१ जेष्ठ २०७५, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...