धादिङको त्रिपुरासुन्दरी र उदयपुरको रौतामाईमा मेगा बैंकको नयाँ शाखा

Technology Khabar २० जेष्ठ २०७५, आईतवार

काठमाडौं ।

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका र उदयपुरको रौतामाई गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ ।

गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैंकले धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटार र उदयपुरको रौतामाई गाउँपालिकाको मुर्कुचेमा नयाँ शाखा विस्तार गरेको हो ।

धादिङमा मेगा बैंकको चार वटा शाखा पुगेको छ । यसअघि नै धादिङबेसी, मलेखु बजार र ज्वालामुखी गाउँपालिकामा मेगा बैंकको शाखा विस्तार भइसकेको छ । उदयपुरमा भने पहिलोपटक शाखा विस्तार गरिएको हो ।

योसँगै मेगा बैंकको शाखा संख्या ९५ पुगेको छ । ८ वटा एक्सटेन्सन काउन्टर रहेको मेगा बैंकका ७४ वटा एटीएम सञ्जाल, ५८ वटा शाखारहित केन्द्रहरु र १८ सयभन्दा बढी मेगा रेमिट एजेण्ट रहेको बैंकले जनाएको छ ।

प्रकाशित: २० जेष्ठ २०७५, आईतवार

तपाइको प्रतिक्रिया