Technology Khabar २० जेष्ठ २०७५, आईतवार
काठमाडौं ।
काठमाडौं । सामसंगको नयाँ फ्ल्यागशिप डिभाइस नोट नाइनको चर्चा निकै समयदेखि भईरहेको छ । यो वर्ष सामसंगले आफ्नो फ्ल्याशिप डिभाइस ग्यालेक्सी नोट नाइन ल्याउने तयारीका साथमा नयाँ नयाँ रिपोर्टहरु आएका छन् ।
कम्पनीले सार्वजनिक गर्ने नोट नाइन केहि ढिलाई गरि सार्वजनिक हुने रिपोर्ट केहि समयपहिले आएको थियो भने अहिले नयाँ समाचार बाहिर आएको छ ।
कम्पनीले नोट नाइनमा अपग्रेड गरेको क्यामरा राख्ने तर यसको डिजाइनहरु भने अघिल्लो वर्षको नोट एट जस्तै हुने बताईएको छ । यसका साथै सो स्मार्टफोनमा क्वालकमको नयाँ अपग्रेड गरिएको प्रोसेसर राखिने छ ।
नयाँ स्मार्टफोन यहि अगस्ट ९ तारिखमा न्यूयोर्कमा सार्वजनिक हुने रिपोर्टमा उल्लेख छ ।
ग्यालेक्सी नोट नाइनमा ६.३८ इन्चको डिस्प्ले हुनेछ भने यसमा ३,८५० एमएएचको ब्याट्री राखिने बताईएको छ । त्यस्तै नोट नाइनमा ८ जीबी र्याम र ५१२ जीबी स्टोरेजको अप्सन हुनसक्ने बताईएको छ ।
प्रकाशित: २० जेष्ठ २०७५, आईतवार