रक्सीको बोतल ६ सेकेण्डमा नै खोल्न सकिने, साओमीको नयाँ डिभाइस यस्तो छ

Technology Khabar १६ जेष्ठ २०७५, बुधबार

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेक कम्पनी साओमीले मदिराप्रेमीहरुको लागि नयाँ डिभाइस सार्वजनिक गरेको छ । कम्पनीले हालै इलेक्ट्रिक वाइन बोतल ओपनर (Electric Wine bottle opener) लन्च गरेको हो ।

यसअघि स्मार्ट राइस कुकर र स्मार्ट इलेक्ट्रीक कितली बजारमा ल्याएको साओमीले यो पटक भने वाइनको बोतलमा भएको विशेष बिर्को खोल्ने इलेक्ट्रिक वाइन बोतल ओपनर ल्याएको छ ।

वाइनको बोतलमा विशेष किसिमले बनाईएको बिर्को प्रयोग गरिएको हुन्छ जसको लागि परम्परागत वाइन ओपनरको प्रयोग गरिन्छ ।

हालै साओमीले इलेक्ट्रिक वाइन बोतल ओपनरलाई यूपिन क्राउडफण्डिंग प्लेटफर्मको अन्तरगत सार्वजनिक गरेको हो । सो स्मार्ट ओपनरको मूल्य करिब १६ सय नेपाली रुपैयाँ पर्दछ ।

साओमीको इलेक्ट्रिक वाइन बोतल ओपनर यूपिनको(Youpin) वेबसाइटमा उपलब्ध रहेको छ भने यो आउँदो जून १० तारिखदेखि विश्वभर शिपिंगका लागि उपलब्ध हुनेछ ।

इलेक्ट्रिक वाइन बोतल ओपनरमा हाई स्पीड ड्रीलको फीचर रहेको छ । जसले गर्दा यो ओपनरले केबल ६ सेकेण्डमा नै कुनैपनि किसिमको वाइनको बोतल खोल्न सक्ने कम्पनीको दाबी छ ।

यूजरले यसको प्रयोग लेबललाई कम गरेर पनि ढिला बोतल खोल्ने बनाउन सक्नेछन् । यो डिभाइसमा ५,५०० एमएएचको लिथियम ब्याट्री राखिएको छ जसलाई फुल चार्ज गरेपनि यसले एक चार्जमा ७० वटा वाइन बोतलको बिर्को सिधै खोल्न सक्दछ ।

स्रोत(चिनियाँ भाषामा) माध्यम

प्रकाशित: १६ जेष्ठ २०७५, बुधबार

तपाइको प्रतिक्रिया