मोबाइल आयातमा भ्याट फिर्ता दिने नीति खारेज, मोबाइल फोन महंगो हुनसक्ने

  • Technology Khabar | १५ जेष्ठ २०७५, मंगलवार
मोबाइल आयातमा भ्याट फिर्ता दिने नीति खारेज, मोबाइल फोन महंगो हुनसक्ने
फाइलः मोबाइल फोन किन्दै ग्राहकहरु

काठमाडौं ।

काठमाडौं । आगामी आर्थिक वर्षदेखि नेपाली बजारमा मोबाइलको मूल्य महंगो हुनसक्ने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट सार्वजनिक गर्दै मोबाइल पैठारीमा दिने गरिएको भ्याट शुल्क फिर्ता दिने नीतिलाई खारेज गरेपछि मोबाइलको मूल्य बढ्ने भएको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संघिय संसदमा बजेट भाषण गर्दै मोबाइल फोन पैठारीमा आयातकर्ताले पाउँदै आएको भ्याट फिर्ता दिने नीति खारेज गरेको घोषणा गरे ।

हाल मोबाइल फोन आयातकर्ताहरुले मोबाइल फोन आयात गरेबापत पैठारीमा लाग्ने भ्याट फिर्ता पाउने गरेका थिए । तर अब भने त्यस्तो भ्याट रकम सरकारले फिर्ता नदिने भएको छ । जसले गर्दा मोबाइल फोनको मूल्य बढ्नसक्ने भएको हो ।

त्यसैगरि सरकारले ग्रामीण दूरसंचार कोषको रकम प्रयोग गरेर सामुदायिक विद्यालय र स्थानीय तहसम्म नै ब्रोडब्याण्डसहितको अप्टिकल फाइबर तिब्ररुपमा बिस्तार गर्ने नीति लिएको छ ।

सरकारले साइबर अपराधलाई नियन्त्रण गर्ने उद्धेश्यलेनेपाल प्रहरीको नेतृत्वमा साइबर ब्यूरो स्थापना गर्ने समेत घोषणा गरेको छ ।

प्रकाशित: १५ जेष्ठ २०७५, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...