Technology Khabar १४ जेष्ठ २०७५, सोमबार
काठमाडौं ।
काठमाडौं । नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसर पारेर नयाँ अफर ल्याएको छ । कम्पनीले सोमबार जेठ १४ गतेदेखि लागू हुने गरेर वन आवर अनलिमिटेड प्याक (1 hour unlimited pack) योजना ल्याएको हो ।
कम्पनीकाअनुसार यो प्याक प्रयोग गर्नेले केबल १८ रुपैयाँ मात्र तिरेर जीएसएम तथा सिडिएमए प्रयोगकर्ताले एक घण्टाको लागि अनलिमिटेड प्याकेज प्रयोग गर्न सक्नेछन् ।
जसमा कम्पनीले भ्वाइस, एसएमएस र डाटा तीनैवटा सेवामा सुविधा दिएको छ ।
यसमा तपाईँले कुनैपनि सेवा आफूले चाहेअनुसार छनौट गरेर प्रयोग गर्न सक्ने सुविधा नेपाल टेलिकमले दिएको हो । एकै पटक तीनवटै सेवा चलाउन वा राेजेर भ्वाइस, एसएमएस र डाटामध्ये कुनै एक सेवा मात्रै समेत लिन सकिन्छ । यसको अर्थ तपाईँले एक घण्टाभित्र साथी भार्इ वा आफन्तहरुसँग असिमित फोन गर्दै एसएमएस पठाउँदै इन्टरनेट चलाउन सक्नुहुनेछ ।
कम्पनीले यो योजना यहि जेठ २८ गतेसम्म मात्र लागू हुने जनाएको छ । यो सेवा प्रयोग गर्दा कम्पनीको तीन वटा सेवा प्रयोग गर्दा केबल १८ रुपैयाँ मात्र तपाईँको ब्यालेन्सबाट काटिन्छ ।
गणतन्त्र दिवसको अवसरमा ल्याएको यो प्याकेज खरिद गर्न टेलिकमको स्टार १४१५स्टार ८ह्यास डायल गरेर प्रयोग गर्न सकिन्छ ।
यो शुल्कमा करहरु समावेश छ वा छैन भन्ने कुनै जानकारी टेलिकमले दिएको छैन् ।
प्रकाशित: १४ जेष्ठ २०७५, सोमबार