काठमाडौं ।
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबिच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
सो सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायब महाप्रवन्धक पवन थापा र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रवन्ध निर्देशक बाबु काजी कार्कीले हस्ताक्षर गरे ।
सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्सबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहक महानुभावहरुको बीमा लेखको सीमा सम्म ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरबाट नगद रहित हस्पिटलाईजेशस सुविधा प्राप्त गर्न सकिने छ ।
साथै सोही अवसरमा थापाले ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले आफना ग्राहकहरुलाई आइएमई जनरल इन्स्योरेन्स लिमिटेडसंग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसंग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशस सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राख्दै अस्पताल र अस्पतालसंग आवद्ध सदस्य महानुभावहरुलाई औपाधोपचार लगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्सबाट प्राप्त गर्नसक्ने हुनाले ढुक्क भएर सेवा लिन आव्हान गरे ।
प्रकाशित: १० जेष्ठ २०७५, बिहीबार