Technology Khabar ९ जेष्ठ २०७५, बुधबार
काठमाडौं ।
काठमाडौं। सामसङ मोबाइलले जे सिरिज अन्तर्गत जे टू २०१८ (Samsung Galaxy J2 2018) मोडल नेपाली बजारमा भित्र्याएको छ ।
ग्यालेक्सी जे टू २०१८ मोबाइल जेठ ४ गतेदेखि नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।
यो मोबाइल गोल्ड तथा ब्ल्याक गरी दुई रंगमा उपलब्ध छ । फोनमा क्वाड-कोर क्वालकम स्न्यापड्रागन प्रोसेसरका साथमा २ जीबी र्याम तथा १६ जीबीको आन्तरिक स्टोरेजका साथ उपलब्ध रहेको छ । स्मार्ट फोनमा हुनु पर्ने डिभाइस मेन्टिनेन्स फिचर यस सेटमा रहेको छ । यो फिचरले गर्दा यसको कार्य क्षमता अझ बढी विशिष्ट हुनपुगेको कम्पनीको दाबी छ ।
सामसङ ग्यालेक्सी जे टू २०१८ सेटमा मेमोरी सेभिङ्ग फिचर रहेको छ, जसले सोसल मिडिया एप्लिकेशनका सामग्रीहरुलाई सीधै मेमोरी कार्डमा राख्न सकिने छ ।
‘सोसल मिडियाको ज्यादा प्रयोग गर्नुहुने प्रयोगकर्ताहरुका लागि ‘मुभ टु मेमोरी कार्ड’ जस्तो बहुपयोगी फिचरले इन्टरनल मेमोरीलाई प्रयोग नगरी चलाउन सकिने सुविधा प्रदान गर्दछ । यसरी इन्टरनल मेमोरीलाई फ्रि राख्न सकिने हुँदा मोबाइलको कार्यक्षमता सदैव कायम हुन्छ,’ सामसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले भने ।
ग्यालेक्सी जे टू २०१८ मा ५.० इन्चको सुपर एमोलेड डिस्प्ले, तथा २,६०० एमएएचको पावर व्याट्री रहेको छ । एलइडि फ्ल्याशको साथ ८ मेगापिक्सलको रियर क्यामरा तथा ५ मेगापिक्सलको फ्रन्ट क्यामरा ग्यालेक्सी जे टू २०१८ मोबाइलमा राखिएको छ ।
यस सेटको मूल्य १४ हजार ५ सय ९० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
प्रकाशित: ९ जेष्ठ २०७५, बुधबार