कोकोकोलाको नयाँ टिभीसीमा नेपालका दृष्यहरु समावेश

Technology Khabar ८ जेष्ठ २०७५, मंगलवार

काठमाडौं ।

काठमाडौं । हालै दी कोकाकोले कम्पनीले फिफा विश्वकपको ग्लोवल टिभीसी सार्वजनिक गरेको छ । जसमा नेपालका केही लोकप्रिय स्थानका दृष्यहरु समावेश गरिएको छ ।

यस टिभीसीमा सबै मानिसहरु खेल हेर्नलाई उत्सुक भएको देखिन्छ ।

टिभीसीको साउन्ड ट्राक (आर यु रेडी) विश्वकै चर्चित ब्यान्ड एसी डिसिको सन् १९९०को निकै चर्चित एल्बम ‘दी रोर्जस एज’ बाट लिइएको हो ।

टिभीसीको सुरुवातमा एउटा टेलिभिजन देखाइएको छ जसमा विश्वकप फुटवलको खेल सुरुवाती क्षण देख्न सकिन्छ । टिभीसीमा युवाहरु खेल हेर्न निकै कहुतल भएको देख्न सकिन्छ ।

टिभीसीमा विश्वका धेरै मूलुकका युवाहरु कोकाकोला लिनका लागि दौडिरहेका छन् । जसमा दुई नेपालीलाई पनि देख्न सकिन्छ ।

टिभीसीमा विश्वका बिभिन्न लोकप्रिय स्थानहरु देखाइएको छ, जसमा नेपालको स्वयम्भुनाथ स्तुपा, काठमाडौको एक डिपार्टमेन्ट स्टोर, सितापाईला नजिकको स्थान र एक हाउजिङ कम्प्लेक्स नजिकैको झोलुङ्गे पुलसमेत देख्न सकिन्छ । कोकाकोलाको विश्वब्यापी टिभीसीमा नेपाल एक अभिन्न अंगको रुपमा रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित: ८ जेष्ठ २०७५, मंगलवार

तपाइको प्रतिक्रिया